पर्यटकबाट ३२ लाख राजश्व

हिमनाथ देवकोटा
लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यलयले आव ०७२÷७३ को कार्तिक महिनासम्ममा ३२ लाख २९ हजार ९ सय ६७ आम्दानी गर्न सफल भएको छ ।

विनाशकारी भूकम्पका कारण पर्यटकीय क्षेत्रहरु बाटो तथा भौतिक संरचनामा क्षती पुगेकोले पर्यटकआगमन हसन सकेको छैन । लाङटाङ क्षेत्रमा बाटो तथा आवास पुर्न निर्माण हुने क्रममा रहेको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार कार्तिक महिनामा मात्र १३ लाख २ हजार ७ सय ५१ राजस्व संकलन गरेको छ । कार्तिक महिनामा ५ सय ६ जना विदेशी पर्यटकबाट १२ लाख ९९ हजार तथा सार्क राष्ट्रका १ जना पर्यटकबाट १५ सय राजस्व संकलन गरिएको उपाध्यायले जानकारी दिनुभयो ।

Comments

comments