पर्यटकीय क्षेत्र दुधकुण्ड ओझेलमा

milk kunda

हेमनाथ खतिवडा
रसुवा, साउन २४ गते । नेपाल चीन सिमाना रसुवाको गोसाइकुण्ड गाउँपालिका २ मा रहेको पर्यटकिय दुधकुण्ड आवश्यक प्रचारप्रसारको नहुँले ओझेलमा परेको छ ।

दुधकुण्डको पानी चामल पलाखेको चौलानी जस्तै देखिन्छ । पहिले दुधजस्तौ भएकाले दुधकुण्ड नामाकरण गरिएको जनविश्वास छ । टिमुरेका प्रमुख लामा गुम्वोवाङ्डा लामाका अनुसार दुधकुण्ड स्थानीयले यस कुण्डलाई स्थानीयले तिब्बेतियन भाषामा ‘पेदाङ छो’ भन्दछन् ।Milkkunda photo

फुलको बोट र तोरमा जस्तै आकृति कुण्डका बीचमा देखिन भएकाले यसलाई स्थानीय भाषामा ‘पेदाङ छो’ भनिएको हो । यो कुण्ड पन्ध्र सय वर्ष अगाडी लामाहरूले पत्ता लागाएको लामाले बताउनुभयो । गत्लाङको पार्वती कुण्ड र दुधकुण्ड दिदिबहिनी हुन् लामाको भनाई छ । यहाँको पर्यटकीय महत्व बारे प्रचार गर्न र पुर्वाधार विकास गर्न सकेमा विश्वभर प्रसिद्ध हुने स्थानीय उर्केन घले बताउनुहुन्छ ।

यस कुण्डमा विभिन्न शीलालेखको आधारमा यो निकै पुरानो र निकै महत्वको छ । कुण्डमा वर्षेनी भदौ पूर्णिमाका दिन मेला लाग्ने गरेपनि धेरै वर्षदेखि मेला नियमित छैन । त्यहाँ पुगेको झाँक्रीहरूले तीन तीन वर्ष दर्शन गर्न आउने नआउने निक्र्यौलगर्नुपर्ने प्रचलन छ । दुधकुण्ड संरक्षण र प्रचार प्रसारको कमिका कारण ओझेलमा परेको छ । सदरमुकाम धुन्चेदेखि झण्डै पाँचदिन लाग्छ । धार्मिक तथा पर्यटकीय रूपमा निकै प्रसिद्ध र महत्वको रहेपनि संरक्षण र प्रचारप्रसार नहुँदा ओझेलमा परेको स्थानीय कामीनुर्पु तामाङले बताउँनुभयो । केहीवर्ष अघि त्यहाँ स्थानीयले मेला आयोजना गरेका थिए । उचित बाटो अभाव भएपनि कहिलेकाँही विदेशी पर्यटक नक्सा हेरेर दुधकुण्ड पुग्ने गर्दछन् । कुण्डमा पुग्नेले कुनै एकमात्र भकल गरेमा पुरा हुने जनविश्वास रहेको स्थानीय सूर्य घलेले बताउनुभयो ।milk kunda

वर्षेनी विदेशी पर्यटक आउने वातावरण तयार गर्न दूधकुण्ड जाने पैदल मार्ग निर्माण गर्न आवश्यक छ । टिमुरेदेखि चारदिन लाग्ने बाटो वरपर कुनै वासस्थान नभएकाले विदेशी तथा स्वदेशी पर्यटकहरू दुःखी भएर फर्कने गरेका छन् । दुधकुण्ड चार हजार सात सय मिटर उचाईमा रहेको छ । हिमाली हावाको चिसो सुस्याहट सुरम्य वातावरण फूलको वासनाले मृग उफ्रेका र डाँफे चरी नाँचे देख्दा उकाली बाटोको पट्यार लाग्दो यात्रालाई सहज बनाएकको महसुस हुन्छ दुधकुण्ड पुगेर फर्केका युवा दोर्जे तामाङले बताउनुभयो ।

Comments

comments