नयाँ पर्यटकीय गन्तव्य खाेज्दै घलेगढी

रसुवा, नेपाल भ्रमण वर्ष २०२० तथा आन्तरिक पर्यटकलाई प्रर्वद्धन तथा नयाँ पर्यटकीय गन्तव्य खाेज्दै  पर्यटन व्यवसायीहरू  पदयात्र गर्दै घलेगढी र कालिका गाउँपालिकाकाे कालिकास्थान  पुगेका छन् ।

नेपाल पर्यटन बाेर्डका कार्यकारी सदस्य दिपक महत, रसुवा नुवाकाेट पर्यटन समाजका बरिष्ट उपाध्यक्ष शिव लामिछाने, टानका रितु ग्याम्दान  लगायत पदयात्री सहभागी थिए । फिकुरी ट्रेल एक्सप्लोरेशन टोली बुधबार फिकुरी डाँडाँमा पुगेको छ। ३ हजार ४ सय ६० मिटर उचाइमा रहेको ढ्वाछाप भेडा खर्कहुँदै रसुवाकाे उत्तरगया गाउँपालिका ३ ठूलाेगाउँ हुँदै पर्यटन व्यवसायीहरू वडा नं ४ काे घलेगढी हुँदै कालिका मन्दिरमा पुगेका थिए । घले गढीकाे बारेमा स्थानीय चन्द्र बहादुर लाे, शिक्षक रमेश लामिछानेले जानकारी दिए ।IMG_20200227_151303

हिमाली जिल्ला रसुवाका लाङटाङ, तामाङ हेरिटेज ट्रेल तथा गोसाईकुण्डमा स्वदेशीसँगै विदेशी पर्यटकको राम्रो आवतजावत हुने गरेको छ ।  नयाँ  पर्यटकीय स्थानको पहिचान र प्रवर्दन हुने अपेक्षा भ्रमणको रहेको छ।

रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा फागुन ११ गतेदेखि १५ गतेसम्म भएकाे भ्रमणमा  नेपालमा पर्यटन भित्राउनका लागि महत्वपूर्ण भूमिकामा रहेका ट्रेकिङ कम्पनीमा प्रतिनिधिहरू, पत्रकार तथा अन्य सरोकारवाला गरी ५० जनाको सहभागिता थियाे ।

टोलीले नुवाकोट जिल्लाको ऐतिहासिक साततले दरबार क्षेत्र, नवनिर्मित जीपलाइन, ऐतिहासिक सूर्यगढी हुँदै तामाङ जातिहरूको जीवित संग्रालय किस्पाङ गाउँ र प्रकृतिको सुन्दर अवलोकनका लागि प्रशिद्ध फिकुरी डाँडा अवलोकन गर्ने छ । त्यसैगरी रसुवाको घलेगढी तथा डाँडागाउँस्थित आकर्षक भांगेखोला हुँदै झरेको पातले झरना र बेत्रावतीमा रहेको पौराणिक महत्वको उत्तरगया क्षेत्रको अवलोकन गरिने समाजले जनाएको छ । यसको नेपाल पर्यटन बोर्डले प्रवर्दन गरेको छ ।

रसुवाकाे उत्तरगया, कालिका, नाैकुण्ड गाउँपालिकाकाे  विभिन्न स्थानहरु पर्यटकीय गन्तव्य भएपनि प्रचारप्रसार र पूर्वाधरकाे  अभावले ओझेलमा परेको छ ।87485476_1511077432403626_5007566034706628608_n

Comments

comments