पहिरोको कारण कटुन्जेका दुई घर जोखिममा

कटुन्जेमा पहिराे २ घर जाखिममा (3)
रसुवा, भदौ १९  – पहिरोको कारण रसुवाको कालिका गाउँपालिका–३ कटुञ्जेको दुई घर पहिरोको उच्च जोखिममा परेको छ ।
सोमबार राति परेको अविरल वर्षापछि घरमुनिबाट पहिरो गएपछि  सोम कुमारी खतिवडाको घर माथिबाट पहिरोले पुरिएपछि को उच्च जोखिममा परेको हो । तलबाट जमीन भासिएकाे छ भने माथि सडकबाट पहिराे गएकाले घर छाडेर परिवार अन्यत्र बस्न थालेका छन् । छिमेकी सूर्यकुमार खतिवडाकाे घर पनि जाेखिममा रहेकाे छ।

पहिरोको जाेखिमबाट संवेदनशील गाउँपालिकाको रुपमा परिचित यो गाउँपालिकामा एक दर्जन बस्ती बाढी तथा पहिरोको उच्च जोखिममा छन् । गाउँपालिकाको धोबीखोला, पाहाखोला, गोगने, राम्चे, ग्राङ, पलेप, बाँदरे, गुम्चेत, इटपारे, प्राङ्से, गुम्चेतलगायतको क्षेत्र पहिरोको उच्च जोखिममा रहेको स्थानीय विपद् व्यवस्थापन समितिले जनाएको छ । कालिका ३ का वडा अध्यक्षा पुष्पराज न्याैपानेकाे घरमा पनि वर्षातकाे भेल पसेकाे छ ।

ज्याङ्लाङ, भदौरे, धारापानी, कटुञ्जे , रुप्सेपानी र घुम्ती बजारमा केही घरहरु बाढीको जोखिममा छ । भूकम्पका कारण गाउँपालिकामा २५ परिवार पहिरोको जोखिममा परेका थिए । जोखिममा परेका परिवारमध्ये मध्ये १४ परिवारको स्थानान्तरण गर्ने कार्य भएको गाउँपालिकाले जनाएको छ । जिल्लाको करिव एक हजार परिवार पहिरोको उच्च जोखिममा रहेको देखिन्छ ।

Comments

comments