पहिरोले पुरिएर २ जना बेपत्ता २ को लास प्राप्त १ घाइते

237465434_1134291020430310_1406506249056026295_n

रसुवा, भदौ ३ गते । अविरल वर्षासँग पहिरोले गएराती १ः३० बजे नौकुण्ड गाउँपालिका वडा नं ५ कोलडाडाँमा एक घर पुरिदा स्थानीय ३५ वर्षीय बुद्धिबहादुर गलानका परिवारका ४ जना बेपत्ता छन् भने १ जना गम्भीर घाइते भएका छन् ।
ग्लानका पत्नी ३२ वर्षीया कमला र ८ वर्षीया छोरी सुकमाया गलानको लाख प्राप्त भएको छ । उनका ११वर्षीया छोरी सोकिता र ७ वर्षीय छोरा आशिस गलान बेपत्ता छन् । हराएकाहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । घरभित्र सुतेका अन्य परिवारका सदस्यहरु पुरिएको र बाहिर सुतेका बुद्धि घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँका बिहानदेखि अनुसार घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।
पहिरोमा परेर घाइते भएका बुद्धिबहादुर गलान बेहोस अवस्थामा छन् । उनलाई नुवाकोट स्थित त्रिशूली अस्पतालबाट उपचारका लागि काठमाण्डौ ट्रमा सेन्टर काठमाण्डौ पठाइएको छ ।

Comments

comments