पहिरोले २ वटा गाडी बगायो

Gadi Rasuwa

रसुवा, असार १३, गते । कालिका गाउँपालिका १मा राम्चेमा साँझ साँढे ७ बजे वर्षासंगै आएको पहिरोले पासाङल्हामुमार्ग राम्चे सडक खण्डमा दुई वटा गाडी बगाएको छ । सडक माथिबाट एक्कासी पहिरोले ना ६ ख ७५९० नम्बरको कन्टेनर र बा १५ च २७३५ नम्बरको बोलेरो गाडी पनि बगाएको कालिकास्थान प्रहरीले जनाएको छ ।
राम्चेमा पहिरो जाँदा पासाङल्हामुमार्ग अवरुद्ध भएको हो । घटनामा कुनै मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभयो । पहिरोले गाडीमा क्षति भएपनि चालकले भागेर ज्यान जोगाएका छन् । चीनको केरुङबाट स्याउ बोकेर काठमाडौतर्फ जान लागेको कन्टेरलाई पहिरोले बगाएको प्रहरी नायब उपरिक्षक शरतकुमार थापाक्षेत्रीले बताउनुभयो । पहिरो गएसंगै राजमार्ग अवरुद्ध भएका कारण काठमाडौतर्फ जाने सवारी साधन सदरमुकाम धुन्चे र काठमाडौंबाट आउने सवारी साधनलाई कालिकास्थानमा नै रोकिएको छ ।
पहिरोको कारण कालिकास्थान–धुन्चे सडकखण्ड अवरुद्ध बनेको छ । पहिरो गएको स्थानमा प्रहरी परिचालन गरिएको छ ।

Comments

comments