पारस्पारिक जवाफदेहिता कार्यक्रम समापन

290790060_1113015599317163_2357426668456579210_n

कालिकास्थान,  रसुवा र नुवाकाेट जिल्लाका चार वटा गाउँपालिकामा FHi360 काे सहयाेगमा सामूदायिक विकास केन्द्र नेपालद्धारा सञ्चालित पाँच वर्षे  पारस्पारिक जवाफदेहिता कार्यक्रम समापन भएकाे छ ।

290790060_1113015599317163_2357426668456579210_n

मार्च १ सन् २०१७ देखि सञ्चालित कार्यक्रम नुवाकाेटकाे म्यागङ र लिखु तथा रसुवाकाे कालिका र उत्तरगया गाउँपालिकामा सञ्चालित कार्यक्रमले नीतिगत वकालत तथा प्रभावकारी सञ्चार, नागरिक समाज तथा सञ्चार क्षेत्रकाे क्षमता विकास,सार्वजनिक सेवा प्रबाहमा समन्वय तथा प्रभावकारी अनुगमन, नागरिक समाज संस्थाकाे संगठनात्मक क्षमता र दिगाे पनलाइ सुदृढ पार्ने उद्देश्यले सञ्चालन भएकाे कार्यक्रमबाट स्थानीय सभा, रेडियाे स्राेता समूह, साझेदारी मञ्च बैठक, जिल्ला स्तरिय नागरिक फाेरम हेड नेटवर्क परिचालन , साझा सभा , सार्वजनिक सेवाकाे निरगरानी,सुशासन प्रवर्द्धनका लागि बहस पैरवी, स्थानीय सरकारलाइ ऐन, नीति, नियमावली, कार्यबिधि तयार पार्न सहजिकरण, बजेट तर्जुमाका लागि पैरवी , सामाजिक जवाफदेहीता औजार तयार गर्न सहयाेग गर्ने जस्ता कार्यक्रम भएकाे सामूदायिक विकास केन्द्र नेपालका कार्यक्रम संयाेजक याेगराज शर्माले जानकारी दिनुभयाे ।

291375993_608569987089999_3232470371770201975_n

रसुवा र नुवाकाटकाे कार्य क्षेत्रमा उठेका विभिन्न सवालमा निरन्तर पैरवी तथा  सहजिकरण गरिएकाे थियाे । पाँच वर्षे अवधिमा कुल २ कराेड ११ लाख १६ हजार १ सय ७९ रूपैयाँकाे ९४ प्रतिसत खर्च भएकाे केन्द्रका कार्यकारी निर्देशक विष्णुराज नेपालले बताउनुभयाे । कालिकास्थानमा भएकाे कार्यक्रममा उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरूङले संस्थाले शुसासन तथा गरिव, महिला, अशहाय, दलित समुदायकाे हक हित रक्षाका लागि राम्राे काम गरेर स्थानीय सरकारलाइ महत्वपूर्ण सहयाेग गरेकाे गरेकाे बताउनुभयाे ।

कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य खुवाप्रसाद पाैडेल, कालिका गाउँपालिका ५ का वडा अध्यक्ष संदिप पाैडेल, उत्तरगया गाउँपालिका ४ का वडा अध्यक्ष अमर बुलुन लगायतका जनप्रतिनिधिहरूले संस्थाले जनहितका काम गरेकाे र पुन संस्थालाइ प्रत्यक्ष जनजिविका र विकासका काममा कार्यक्रम ल्याउन अनुराेध गरेका थिए । कार्यक्रममा गैसस महासंघ, पूर्व जनप्रतिनिधि, पत्रकार लगायत सहभागी थिए ।  290716180_769068110770773_4519344529708946507_n