पारिवारिक निजी वनमा बासुदेव

255020585_1742860149242887_7172673202688283639_n

रसुवा, पारिवारिक निजी वन संघ जिल्ला समिति रसुवाको अध्यक्षमा उत्तरगया गाउँपालिका–४ का बासुदेव न्यौपाने चयन भएका छन् । समितिमा १५ जना रहेका छन् । 255020585_1742860149242887_7172673202688283639_n

भूमिघर कालिकास्थानमा भएको पारिवारिक निजी वन किसानका सवालमा भएको अन्तरसम्बाद तथा प्रथम जिल्ला अधिबेशनमा प्रमुख अतिथी केन्द्रीय अध्यक्ष जोगराज गिरीले पारिवारिक निजी वन संघ, नेपाल (एफोन) निजी जमिनमा रुख हुर्काउने किसानहरुको प्रतिनिधि मूलक छाता संगठन भएको र यसले वन किसानहरुको हक हितको सुनिश्चितताको लागि नीतिगत पैरवी गर्ने बताउनुभयो । सरकारी नीतिले हामीले आफ्नो स्वामित्वमा रहेको रुखको उपयोग गर्न समेत सहज रुपमा नदिने भएकोले आफ्नो हक , अधिकारका लागि नागरिक आफै जागरुक भएर लाग्नु पर्ने कुरामा उहाँले जोड्दिनुभयो ।

255029958_1742859865909582_8265081044372671949_nपारिवारिक निजी वन संघ जिल्ला तदर्थ समितिका संयाेजक टिका प्रसाद देवकाेटाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा  केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज सुशीला खतिवडा, प्रदेश अध्यक्ष सहदेव न्यौपाने, कालिका गाउँपालिका अध्यक्ष सिताकुमारी अधिकारी, उपाध्यक्ष भवानीप्रसाद न्यौपाने, बागमति प्रदेश कमिटी सदस्य रवि घले र जिल्ला संयाेजक टिकादेवकाेटाले आफ्नो धारणा राख्नुभयो । संघका कार्यक्रम अधिकृत अरुण अधिकारीले ०७१ फागुनमा संघको स्थापना भएको र १० हजार सदस्य ७ प्रदेश, ६१ जिल्ला र ३५ स्थानीय तहमा शाखा गठन भएको जानकारी दिनुभयो। कार्यक्रममा केन्द्रीय सदस्य पार्वती नगरकोटी, काठमाण्डौ जिल्ला अध्यक्ष रिता फुयाल, सामुदायिक वन उपभोक्ता महासंघ रसुवाका अध्यक्ष लीलानाथ न्यौपानेलगायतका जनप्रतिनिधीहरु सहभागी थिए ।

254349327_1742859795909589_8340928656229165509_n

Comments

comments