पार्वतीकुण्ड मेलामा स्थानीय मात्रै

parbatikunda

रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा रहेको धार्मिक तथा प्रकृतिबाट निर्मित पार्वती कुण्डमा यस वर्ष लागेको जनैपूर्णिमा मेलामा दर्शन गर्ने स्थानीय मात्रै भएका छन्  ।

भगवान शिव, शङ्कर र महादेवको नाममा दर्शन गर्ने गोसाइँकुण्ड पछिको दोस्रो धार्मिक महत्व बोकेको तिर्थस्थल पार्वती कुण्ड हो ।  पार्वती कुण्डको स्थानीय तामाङ भाषामा आमा भनेको पार्वती र छोदिङ्मो भनेको कुण्ड बुझिन्छ । राजधानी काठमाडौंबाट एकैदिनमा पुग्न सकिने प्रकृतिले भरिपूर्ण  ठाउँ पग्नेहरू जोकोहीले पनि स्वर्गकाे अानन्गेद अनुभव गर्छन् । यस वर्ष काेराेना भाइरस (कोभिड–१९ ) काे महामारीका कारण बाहिरबाट यात्री अाउन नसके पनि स्थानीय पर्यटन व्यवसायी र वरीपरीका गाउँलेहरूले मेला भरेका थिए ।

मेलामा  लाङटाङ,टिमुरे,थुमन,बृध्दिम,स्याफ्रु,गाेल्जुङ, चिलिमे र हाकुबाट भक्तजनहरु अाएका थिए । कुण्डकाे जलले स्नान गरी दानबहरूलाई हराउन शक्ति प्राप्त गरी दानबहरुबाट मानव समुदायलाई बचाएकाेले याे दुई कुण्ड मध्ये कुनै एउटाकाे जलले स्नान गरेमा तपाईकाे मनले चिताईकाे साराकाे सारा मनाकाँक्षा पूरा हुन्छ भन्ने मान्यता कायम रहेकाे स्थानीय युवा पेम्पा लामाले बताउनुभयाे ।  parbatikunda (5)

विश्वव्यापी रूपमा  रहेको कोभिड–१९ का कारण गोल्जङ, गत्लाङलगायतका माथिल्लो भेगका बासिन्दा बाहेक यस वर्ष पार्वती कुण्डको दर्शन गर्न अन्य मानिस आएनन् । कुण्डमा स्थानीय बोम्बो, लामा झाँक्रीले विधिपूर्वक पूजाआराधना गरेका थिए । पार्वती कुण्डको पनि आफ्नै महिमा  रहेको छ । पौराणिक कथनअनसार भगवान्  शिवले कालकट विष सेवन गरर पानीको खोजीमा हिँड्ने क्रममा बाटैमा पार्वती महिनावारी भएपछि महादेवलाई हेर्न र छुन नहुने भएपछि पार्वती भगवान् शिवलाई नदेख्ने ठाउँको खोजी गर्दै अहिले भइरहेको कुण्ड भित्तामा त्रिशूलले हानेर पानी निकालेपछि पानीले बिस्तारै सानो मान्छे डब्नेखाले पोखरी बन्यो र पार्वती त्यहीँ डबुल्की मारेर बसेको र पछि आँखाले नभ्याउने गरी पोखरी विशाल बनेको स्थानीय बढापाकाको भनाइ  छ । जीवनमा गरेकाे पाप कर्मबाट मुक्ती मिल्ने जनविस्वास रहेकाेले यात्रीहरू कुण्डमा नुहाउन अाउने गरेकाे स्थानीय फुर्पुसिङ्गी तामाङले बताउनुभयाे ।

अहिले कुण्डको पानी गल्लाङलगायत आसपासका गाउँका लागि खानेपानीको महान बनेको छ । कुण्डको पानी कहिल्यै सुक्दैन ।  टिमुरेमा रहेको दूधकुण्डमा पनि यस वर्ष स्थानीय मात्रै मेला भर्न गएका थिए । स्थानीय भाषामा पेदाङ छो भनिन्छ । पेदाङको अर्थ दूध र छो को अर्थ कुण्ड हो । करिब चार हजार सात सय मिटरको उचाइमा रहेको दूधकुण्डमा लामा, झाँक्रीले पूजापाठ गरेर आफ्नो परम्परालाई जीवन्त राख्ने पयास गरिरहेका छन् ।  टिमुरेबाट चार दिन लगाएर गोसाइँकण्डभन्दा अग्लो स्थानमा रहेको दूधकण्ड १६ वर्षअघि लामा गुरुहरूले पत्ता लागएका थिए ।

दूधकण्ड र पार्वतीकुण्डु दिदी बहिनी हन् भन्ने धार्मिक किंवदन्ती रहेको छ । टिमरेका प्रमुख लामा गुम्बोवाङा लामाका अनुसार यस कुण्डको पानी चामलको चौलानीजस्तै सेतो देखिन्छ । चौलानीलाई तामाङ भाषामा बेम्र भनिन्छ । ु धार्मिक महत्व बोकेको यस कण्डमा पनि ु वर्षको एकपटक भव्य मेला लाग्ने गर्दछ । यो कुण्डमा धार्मिक हिसाबले भन्दा पनि प्राकृतिक हिमशृङ्खलाको अवलोकन र पथप्रदर्शकमा रुचि भएका आन्तरिक तथा बाह्य पर्यटक जाने गरेको रसवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बताए ।parbatikunda (3)

हिन्दु धर्म अनुसार समुन्द्र मन्थन गर्दा निस्केकाे बिषले सारा मानव जाति नै मास्ने अवस्था अाउदा भगवान शिवले त्याे विषलाई पिएर सारा मानव जगत बचाउन खाेज्दा, साे विषले भगवान शिवकाे भित्रै देखि जलन हुन थालेकाेले साे जलनलाई कम गराउन हिमालय क्षेत्र उक्लिदा पार्वती पनिसँगै लिएर अाएकाे र हिमालय क्षेत्र उक्लिने क्रममा पार्वती हिड्न नसके पछि पार्वतीलाई हालकाे पार्वती कुण्डमै छाडेर शिव मात्रै गएकाे, र शिवले अाफ्नाे पार्वतीलाई छाडेर टाढा जान नसकि गाेसाँईकुण्ड पुगेपछि अाफ्नै हातकाे त्रिशूलले पहाडमा प्रहार गरि पानी निकाली साे पानी पिई अाफु त्यही बसेकाे भन्ने छ ।

Comments

comments