पार्वती कुण्डमा चार हजार बढि तीर्थयात्री

parbatikunda (3)

रसुवा, भदाै १ गते । जनैपूर्णिमा मेलामा रसुवाको आमाछोदिङमो गाउँपालिका -३ अवस्थित पार्वती कुण्डमा चार  हजार भन्दा बढी तीर्थयात्रीले मेला भरेका छन्।

कुण्डकाे उचित प्रचार प्रसार अभाव भएकाेले बाहिरबाट कमै यात्री अाउने गरेकाे हाे । स्थानीय तामाङ भाषामा आमाको अर्थ पार्वती र छोदिङमोको अर्थ जमेको ताल हो । आमाछोदिङमोको नेपाली नामाकरण पार्वतीकुण्ड हो यसै नामबाट गाउँपालिकाको नामाकरण भएकाे हाे । यहाँ जनैपूर्णिमाको अवसरमा ठूलो मेला लाग्ने गर्छ । पाैराणीक ग्रन्थहरूमा गोसाँईकुण्ड पछि दोस्रो कुण्डको रुपमा समते लिइन्छ जसरी पौराणिक कथन अनुसार भगवान शिवले कालकुट विष सेवन गरेर पानीको खोजीमा गोसाईकुण्डमा आएको भन्ने धार्मिक मान्यता भए अनुरुप पार्वती महिनावारी भएको बेला महादेवलाई हेर्न नुहुने भएका कारण पार्वती यहाँ आएर बसेको र यहाँबाट गोसाँईकुण्ड नदेखिने भएकाले पार्वतीकुण्डमा विराजमान रहेको पुरानो बुढापाखाहरुले बताएका छन् । बढि मात्रामा उत्तरी भेगका मानिसहरु जान्छन नै लामा झाँक्री सहित स्थानीय तामाङ गीत ,तामाङ सेलाे गाउँदै पार्वतीकुण्डमा जाने गर्दछन । यस कुण्डमा सन्तान नहुनेहरु पनि पुग्ने गर्छन । यस कुण्डमा बौद्ध तथा हिन्दुहरु बढी जाने गर्छन ।

parbatikunda (3)

यस जिल्लामा एक सय आठ कुण्डहरु रहेका छन । जसरी गोसाँईकुण्ड जिन्दगीमा एक पटक गोसाँईकुण्ड पुग्नै पर्छ भनिएको छ तर नजिकै रहेको पार्वतीकुण्डमा पनि मेला लाग्छ त्यहाँ पनि पुग्नै पर्छ भन्ने मान्यता रहेकाे स्थानीय  युवा फुर्पुसिङी तामाङ बताउँछन् । parbatikundaयस पार्वतीकुण्डमा पनि जनैपुर्णिमा मेला लाग्नेमा स्थानीय तामाङ पहिचान झल्किने तथा कला संस्कृति जगेर्ना गर्नेखालको कार्यक्रम गरी उचित प्रचारप्रसारका लागि स्थानीय झाँक्रीलगायतका स्थानीयहरु मिलेर पार्वतीकुण्डदेखि नोच्येकुण्ड सोमदाङ, पाङसाङहुुँदै गणेश हिमाल सिंङलामाहुँदै जनैपूर्णिमाका दिन कुण्डमा आएर स्थानीय तामाङ भेषभूषा परम्परा झल्किने खालका संस्कृती प्रस्तुत गरिनेछ । गोसाँईकुण्ड पुगेपछि एक पटक पार्वतीकुण्डको समेत दर्शन गर्न जरुरी देखिन्छ ।

स्थानीय युवा पर्यटन ब्यवसाय हिमालयन च्यङ्बा ट्रेक्स एन्ड एक्स्पेडिसन प्रालिका प्रबन्ध निर्देशक तथा स्थानीय युवा सन्तोष तामाङका अनुसार नेपाली र विदेशी सहित एक हजार भन्दा बढि तीर्थयात्रीले मेला भरेका थिए । केही वर्षदेखि जनैपूर्णिमा मेला भर्दै आएको यस कुण्डमा वर्सेनी यात्रु बढेको देखिन्छ।parbatikunda (5)

धार्मिक हिसाबले कुण्ड गोसाइँकुण्ड पछि दोस्रो धार्मिक स्थल दर्शन रहेको स्थानीयको विश्वास छ । मनको आकांक्षा पूरा हुने भएकाले नै यो कुण्डले आफैमा छुटै पहिचान बोकेको छ । यस कुण्डसम्म सडक सन्जालले जोडिएकाले पनि यात्रु बढेको पाईन्छ। काठमाण्डौबाट एकै दिनमा सार्वजनिक यातायात तथा आफ्नै सवारी साधनमा सजिलैसंग कुण्डसम्म पुग्न सकिन्छ। कुण्ड वरिपरि खान बस्नको लागि व्यवस्थित होटल,लजहरू रहेकाेले यहाँ उचित प्रचारप्रसारको  हुनुपर्ने युवा समाजसेवी विकास लामा बताउनुहुन्छ ।

Comments

comments