पुन:निर्माणमा सेना

गत वैशाख महिना १२ गतेकाे विनाशकारी महभूकम्प र त्यसपछिका पराकम्पले देशकाे १४ जिल्लालाई नराम्राेसंग क्षति पुर्यायाे।ती मध्ये रसुवा जिल्ला पनि पर्दछ।रसुवा जिल्लाकाे १८ गाविसलाई नै भूकम्पले क्षति पुर्याएकाे छ। धन, जन र भाैतिक संरचना तुलनात्मक हिसावले लाङटाङ गाविस र हाकु गाविसमा बढी भएका छन्।यी दुई गाविसमा पनि लाङटाङबासीलाई सहयाेग गर्ने हातहरु हाकुबासीलाई भन्दा बढी देखिएकाे छ।विशेषगरी लाङटाङबासीलाई अन्तराष्ट्रिय समुदायकाे सहयाेग देखिन्छ।साथै लाङटाङबासीहरु जाेखिम माेलेर भए पनि अाफ्नाे ठाउँ फर्कन सकेका छन्।तर, हाकुबासी गाउँ फर्कन सकेका छैनन्।ती काठमाडाैं, नुवाकाेट, वेत्रावती, कालिकास्थान, धुन्चेमा छरिएर अस्थायी शिविरहरुमा बसेका छन्।उनीहरु बसिरहेकाे ठाउँ पुग्दा अाँखा त्यसै रसिन थाल्छ।त्याे बिजाेग हेर्न सकिन्न।

सायद त्यही भएर हाेला, त्याे बिजाेगलाई नजिकबाट देखेर हाेला लाङटाङ राष्ट्रिय निकुन्ज सुरक्षार्थ खटिएका धुन्चे व्यारेकका नारायण दल गणले भूकम्पबाट विस्थापित २० परिवारका लागि भार्खु जाने सडक छेउ त्रिशूली खाेला नजिककाे सार्वजनिक जग्गामा जस्ता पाताकाे राम्राे घर बनाइरहेका छन्। हेर्दै अाकर्षक छ घरकाे डिजाइन।खाना पकाउने, सुत्ने अलग काेठा छ।शाैचालय र पानी धाराकाे सुविधा यी २० परिवारले पाउने छन्।हरियाे रंगराेगनले थप अाकर्षण देखिएकाे छ घरहरु।हावा, हुरि, बतासबाट केही नहुनेगरि बलियाे बनाएकाे छ।उचाई पनि मनग्गे भएकाेले घाम लाग्दा पनि जस्तापाता तातेर पाेल्ने डर छैन। दैनिक १०० जना सेनाले द्रूतगतिमा काम गरिरहेछ।असार १० गते भित्र घर तयार गरेर विस्थापित परिवारलाई हस्तान्तरण गर्ने याेजना रहेकाे बताउँछन्।त्यसैगरि स्याफ्रुवेशीमा पनि सेनाले ८ परिवारका लागि यस्तै डिजाइनमा घर निर्माण गरिदिने बताउँछन्।जनताकाे अाँसुमा हाँसाे ल्याउने, दुखमा साथ दिने र अापद-विपदमा अहाेरात्र खट्ने नेपाली सेनाकाे यस्ताे कामलाई हामीले तारिफ गर्नै पर्छ।

Comments

comments