कोरोना सङ्क्रमण पछि पुनर्निर्माणकाे काम राेकियाे

Singa Lama Waiba_Ramche-3 Grang

कोरोना सङ्क्रमणका कारण विनासकारी भूकम्पका कारणा भत्केका संरचना  पुनर्निर्माणकाे काम राेकियाे । कोरोना सङ्क्रमणअघि जिल्लाको कुल लाभग्राही १२ हजार ८ सय ७ परिवार मध्ये १२ हजार १ सय ३५ परिवारले अनुदान संझौता गरेका थिए । जसमध्ये १० हजार ८ सय ७९ परिवारले निजी आवास निर्माण सम्पन्न सकेका छन् ।

हालसम्म १२ हजार १ सय ११ परिवारले अनुदानको पहिलो किस्ता लिएका छन् भने ११ हजार ४ सय ८२ परिवारले दोस्रो किस्ता रकम लिएका छन् । यसबाट झण्डै ९४ प्रतिसत निजी आवास पुनर्निर्माण भएको देखिन्छ ।

कोरोना सङ्क्रमणपछि निर्माण कार्य रोकिएको छ । सरकारले आफ्नो सुरक्षित घडेरी नभएका परिवारलाई २ लख रुपैयाँ दिने नीति अनुरुप अनुदान दिएर बस्ती स्थानान्तरण सुरू भए पनि त्यसले गति लिन सकेको छैन । बस्ती स्थानान्तरणमा ढिलाई हुनाले पाँच वर्षमा पनि विस्थापितहरू टिनको छाप्रमै बस्न बाध्य छन् । रसुवाको पाँच गाउँपालिकामा १ हजार ५८ परिवार विस्थापित छन् । जसमध्ये हालसम्म ६ सय ६८ परिवार जोखिम बस्तीमा परेका विस्थापित तथा भूमिहीन १९ परिवारले सरकारी अनुदान लिएर सुरक्षित घडेरी पाएका छन् ।

उत्तरगया गाउँपालिका कार्यालय रहेको खाल्टे बगरको क्याम्पमा २ सय ६९ परिवार विस्थापित अझै जस्ताको अस्थायी छाप्रोमै छन् । आफूहरू खाल्टे क्षेत्रमै बस्न चाहेको तर भूगर्भविद्ले त्रिशूली नदिकिनारमा रहेकोले जोखीममा रहेको भनेपछि आफूहरूको बस्ती स्थानान्तरण अझै अन्यौल भएको स्थानीय विस्थापित समुदायका अगुवा पूर्ण घलेले बताउनुभयो । उहाँले भन्नुभयो खाल्टेका विस्थापित अहिले पनि जस्ताको छाप्रो मै छन् ।

Comments

comments