पुनर्निर्माणका लागि निर्माण सामाग्रीआपूर्ति बारे छलफल

धुन्चे, रसुवा
प्राक्टिकल एक्सन नेपालको सयोगमा जनजागृति महिला समूहको आयोजना पुनर्निर्माणका लागि निर्माण सामाग्रीको आपूर्ति श्रृखला सवलीकरण परियोजना बारे छलफल कार्यक्रम धुन्चेमा सम्पन्न भयो ।

समूहका अध्यक्ष शारदा आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मा, जनजागृति महिला समूहका केशवराज आर्यलले प्राक्टिकल एक्सनका रबिन्द्र सिंहलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा पुनर्निर्माणका लागि निर्माण सामाग्री सहज,आपूर्ति गुणस्तर , समयमा उपलब्ध र उचित मूल्य बारे छलफल भएको थियो । बजारमा निमाण सामाग्रीहरुको अभाव भएकोले स्थानीय तहमा कतिपय निर्माण सामाग्रीको माग अनुरुप र आपूर्ति हुन नसकेको ढुङ्गा कटिङ्ग गर्ने प्रबिधी, पुराना तथा प्रयोगमा आउन सक्ने सामाग्रीहरुको उपयोग गर्नु पर्ने जस्ता विषयमा छलफल भएको थियो ।

Comments

comments