पुनर्निर्माण प्राधिकरणको गठन, सीइओमा सुशील ज्ञवाली

Pmo-Office

१० पुस, रसुवा । सरकारले पुनर्निर्माण प्राधिकरणको कार्यकारी अधिकृत (सीईओ)मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को पुस १० गते साँझ बसेको बैठकले पाल्पा जिल्लाका ज्ञवालीलाई प्राधिकरणको सीइओ नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री शेरधन रार्इले जानकारी दिए ।

सिभिल इन्जिनियर रहेका ज्ञवाली नगर विकास कोषका कार्यकारी निर्देशक पनि हुन् ।हालै मात्र संसदले पुनर्निर्माण विधेयक पास गरेको थियो भने राष्ट्रपति विद्या भण्डारीले विधेयक प्रमाणित गरेकी थिइन् ।

सरकारले प्राधिकरणको लागि कार्यकारी अधिकृत लामो समयदेखि गठन गर्न सकेको थिएन । यससँगै भूकम्प प्रभावित १४ जिल्लामा पुनर्निर्माणको काम अघि बढ्ने बताइएको छ ।

Comments

comments