पुनर्निर्माण बारे नीतिगत छलफल

policy level discussion (4)

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको आयोजनामा भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा सदाचार कार्यक्रम अन्र्तगत नीतिगत छलफल तथा प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भयो ।

जिल्लाको जिल्ला समन्वय समितिको सभाहलमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । जिल्ला समन्वय समितिका सदस्य तेम्पा जिएलको अध्यक्षतामा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका बरिष्ठ अधिकृत बिनोद भट्टराइले भूकम्प पछि विभिन्न जिल्लामा पारदर्शी र जवाफदेही गराउन कार्यक्रम सञ्चालन गरिएको बताए । जसमा पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान तथा स्थानीय पूर्वाधारका आयोजना प्रमुख कृष्णकान्त उपाध्यायले हालसम्मको रसुवाको पुनर्निर्माणको प्रगती तथा समस्याहरु प्रस्तुतिकरण गर्नुभयो । साथै जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा, जिल्ला आयोजना कार्यान्वयन इकाइ भबनका प्रतिनिधिहरु, अनुदान किस्ता प्रबाह हुने बैंकका प्रतिनिधिहरु , नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, नेपाल पत्रकार महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडा, पुनर्निर्माणको क्षेत्रमा काम गरिरहेका बिभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि ,पुनर्निमाणमा प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि तथा पत्रकारहरुलगायत अन्य सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

भूकम्प प्रभावितहरुको गुनासो पुनरावेदन भएको र प्रवलीकरणमा परेको विषयमा केन्द्रबाट ढिलाइ भएको र बिस्थापितले सहज तरिकाबाट जिल्ला जिल्ला भित्र सहज जग्गा प्राप्त गर्न नसकेकोले रसुावको पुनर्निमाणमा सत प्रतिसत उपलब्धी हाँसिल गर्न नसकेको आयोजना प्रमुखले बताए ।

भूकम्प पीडितलाइ प्रदान गर्न सकिने भनिएको सहुलिएत ऋण नपाएको, सुकुम्बासीहरुले हालसम्म जग्गा प्राप्त गर्न नसकेको, लाभग्राही सुचीमा नाम समावेश नभएका र जोखिमयुक्त बस्ती स्थानान्तरणमा समस्या भएको विषयमामा सरोकारवालाहरुको गुनासो थियो ।
जिल्लाबाट समाधान नहुने कतिपय विषयमा केन्द्रलाइ ध्यानाकर्षण गराउने कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । कार्यक्रमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले गत वर्षको अनुसन्धानमार्फत प्रकाशन गरेको प्रतिवेदन कार्यक्रमका प्रमुख खतिथि तथा कार्यक्रमका अध्यक्ष जिल्ला समन्वय समितिका सदस्य तेम्पा जिएल सार्वजनिकरण गरेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला अधिकृत विकास आचार्यले गरेका थिए ।

त्यसैबीच ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको आयोजनामा भूकम्प पछिको पुनर्निमाण र पुनस्र्थापनामा सदाचार कार्यक्रम (आइपिइआरआर¬) कार्यक्रम अन्र्तगत गैरसरकारी संस्थाहरुसँगको छलफल तथा अन्र्तक्रिया रसुवा जिल्लाको जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भयो । जसमा पुनर्निमाणको क्षेत्रमा काम गरिरहेका विभिन्न दश गैरसरकारी ंसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थिए । कार्यक्रममा भूकम्प पछिको पुनर्निमाणमा पारदर्शिता तथा जवाफदेहीताको विषयमा गैरसरकारी संस्थाको भूमिका विषयमा छलफल तथा गैर सरकारी संस्थाले कार्य गर्दा आइपरेको समस्याबारे छलफल भएको थियो ।

Comments

comments