पुर्ननिर्माण प्राधिकरण छिट्टै गठन हुन्छ : प्रम ओली

KP OLI (2)

KP OLI (2)धुन्चे, रसुवा
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस लगायतका दलहरू अहिलेको अबस्थामा भूकम्पपछिको पुन निर्माणको काममा सहमतिका साथ अगाडी बढे तत्काल पुर्न नर्माणको काम अगाडि बढ्ने बताएका छन । नेकपा एमाले रसुवाको सातौं जिल्ला अधिबेशनको उद्घाटन गर्दै सो कुरा बताएका हुन ।

उहाँले सोही अबसरमा देशमा हिंसाको बाटोले समस्या समाधान नभई कानुनी बाटोबाट मात्रै देश अगाडी बढ्ने बताउँदै सबैजनाको सहमति र सहकार्यबाट देश चल्नुको विकल्प नभएको उनको भनाई रहेको थियो ।

नेकपा एमालेका केन्द्रीय अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले एक वर्ष भित्र लोडसेडिङ मुक्त गर्ने र देशलाई अग्रगामी दिशामा अगाडि बढाउने सम्भाबना रहेको उनले बताए । प्रम ओलीले बिनाशकारी भुकम्प पछिको पीडा र बिभिन्न आन्दोलन तथा भारतको नाकाबन्दीले देश अस्त ब्यस्त अवस्थामा आफुले सरकारको जिम्मेबारी लिएको बताए ।

रसुवाको धुन्चेमा नेकपा एमाले रसुवाको ७ औ अधिबेशनको उद्घाटन् गर्ने क्रममा प्रधानमन्त्री ओलीले नाकाबन्दिका बिकल्पमा बिभिन्न नाका खोल्ने प्रक्रिया शुरु भएको र बैकल्पिक व्यवस्थाका गरेको बताए ।

तत्काल केरुङ नाका खुलाउने काम गरेको र अब दुई वर्ष भित्र केरुङ बेत्रावती गल्छि दुई लेन पक्कि सडक बाटो बनाउने प्रक्रिया शुरु भएको बताए । भुकम्प पीडितका लागि दुई लाख रुपयाँ दिने भनिएकोमा अब सामुहिक जमानीमा तीन लाख रुपयाँ दिने निर्णय सरकारले गरेको पनि उनले बताए ।

त्यस्तै उनले सिमा नाका रसुवाको सिमा नाका टिमुरे र बेत्रावतीमा सुख्खा बन्दरगाहा बन्ने बताए । ‘एकातिर राजस्व नउठ्ने अर्कोतिर भन्सारमा नाकाबन्दि हुने अबस्थाले देश गम्भिर अबस्थामा गुज्रिरहेको छ, प्रधानमन्त्री ओलीले भने, ‘तीन महिनादेखि देश ठप्प भएको अबस्था र कारोबार नचलेको अबस्थामा हामी सबै सामाना समाधान गर्नेछ ।’ उनले राजनीतिको नाममा हिंसा अप्ठ्यारो स्थितीमा सरकारमा आएकोले सबै जनताले धैर्य संयमित भएर बस्नु भएकोमा छ यो जनताले पाएको समस्यामा आफु दुखित भएको बताए । अधिबेशनको उद्घाटन सत्रमा जिल्लाका बिभिन्न गाविसबाट कार्यकर्ता तथा स्थानीयको उल्लासमय सहभागीता रहेको थियो । सो अवसरमा बिभिन्न साँस्कृतिक झाँकीह समेत प्रस्तुत भएको थियो ।

प्रधानमन्त्री ओलीले आजै रसुवाको लाङटाङमा भुकम्पबाट हिमपहिरोमा परि मृत्यु भएका आफन्तजन र बिस्थापित जिवन बिताईरहेका लाङटाङबासीसँग पनि भेट गरे । भने रसुवामा कार्यरत कार्यालय प्रमुखहरूलाई भुकम्पबाट प्रभाबित गाउँको तत्काल आबश्यक राहत दिन पनि निर्देशन दिए ।

अधिबेशनको बन्द सत्र भाली हुने छ भने जिल्ला नेता कर्णेल लामा र अशोक घिमिरे अध्यक्षको प्रत्यासी रहने एमाले स्रोतले जानाएको छ । यस अघि उपाध्यक्ष रहेका तामाङ र बाग्मती अञ्चल कमिटीका नेता रहेका घिमिरे बीच प्रतिस्पर्धा हुने देखिएपनि कार्यकर्ताहरु भने सर्वसम्मत गर्न दवाव दिइरहेकोले परिणाम के हुन्छ भन्ने भन्न नसकिने प्रतिनिधीहरु बताउँछन् ।

KP OLI (1)

Comments

comments