पूर्नर्निर्माणमा समस्या बारे छलफल

रसुवा, बैशाख १४ गते । पुनर्निर्माणको क्रममा राष्ट्रिय निकुञ्ज नीतिकाको कारणबाट गिटी बालुवा काठपात निकाल्न ओसारपसार गर्न समस्या भएको रोकारवालाहरुले बताए ।

पुनर्निमाणको क्रममा निजी आवास निर्माण मात्र अघि बढेको , तामाङ संग्रहालय, गोम्बा, मन्दिर, चर्च, सडक, अन्य सार्वजनिक संरचना निर्माणमा ढिलाइ तथा महंगो भएको समस्या ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको आयोजनामा भएको कार्यक्रम सरोकारवालाहरुले बताए । विद्यालयहरुको आफ्नो स्वामित्वको जग्गाको लालपूर्जा नहँुदा २२ वटा विद्यालयमा भवन निर्माण हुन नसकेको जिल्ला आयोजना कार्यान्वयन ईकाइ(शिक्षा)का प्रमुख सरदकुमार भण्डारीले बताउनुभयो । प्राबिधिकहरुसँग सल्लाह तथा इष्टिमेट निर्माण नगरी जथाभाबी बाटो खनेको विषयमा छलफल भएको ट्रान्सपरेन्सीका जिल्ला अधिकृत विकास आचार्यले बताउनुभयो ।

Comments

comments