पुर्न निर्माणमा जोडदिन सरोकारवालाहरूको माग

Kalikasthan RasuwaKalikasthan Rasuwa

रसुवा / व्यवस्थापिका ससंसदको विकास समितिको आयोजनामा ०७२ असोज १३ गते रसुवाको कालिकास्थान र सरमथलीमा ०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्प पीडित क्षेत्रको पूर्ननिर्माण गर्न जिल्लाका सरोकारवालाहरुले जोड् दिएका छन् ।

विनाशकारी भूकम्प पीडित क्षेत्रको पूर्ननिर्माण अन्तक्रिया कार्यक्रम नेपाल सरकारका मुख्य सचिव डा सोमलाल सुवेदीले बिधेयक तयार भएकोले पुर्न निर्माण प्राधिकरणले चाँढै पूर्णता पाउने बताउँनुभयो । उहाँले मानवअधिकार र प्रेस मैत्री संबिधान जारी भएको बताउँदै सरकारी तथा गैर सरकारी संस्थासँग समन्वय गरेर पुर्न निर्माणका काम सुरु हुने बताए ।

सांसद रञ्जनाकुमारी सरकारले हिमाली जिल्लामा हिउँ पर्न थाले पछि समस्या हुन थाल्छ भने छाप्रामा बस्ने सुत्केरी, भर्गवती महिलाहरु जोखिममा पर्ने गरेको बताउनुभयो ।

Kalikasthan Rasuwa

Kalikasthan Rasuwa

प्रमुख जिल्ला अधिकारी शिबराम गेलालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयवासी, पत्रकार अधिकारकर्मी, व्यापारीहरु सहभागी थिए । कार्यक्रममा सहभागीहरुले विनाशकारी भुकम्पले रसुवाको पर्यटकीय क्षेत्र संकटमा परेको अझै लाङटाङमा पुरिएका धेरै जना बेपत्ता भएकोले शबहरुको उत्खनन् गरी उनीहरुको अवस्था बारे पत्ता लगाउनु पर्ने तथा बिस्थापितहरुलाई पुर्नबास गराउनु पर्ने , चीनले रसुवाको पुर्न निर्माण थाल्ने तर सरकारले स्वीकृति नदिएको गुनासो गरे ।
जिल्लाबाट निर्वाचित संसद जनार्दन ढकालले जिल्लाका राजनीति दल , कर्मचारी समेतको सहयोग र समन्वयमा तत्काल खोज उद्धार र राहतका काम भएको अबको ध्यान पूर्न निर्माणमा जानु पर्ने बताउँदै पूर्न निर्माण प्राधिकरणले काम थाल्ने बताउनुभयो । उहाँले जिल्लाका सवै खाले समस्या समाधान गर्न आफु लागी पर्ने बताउँदै २ लाख रुपैयाँ राहत दिने तथा २ प्रतिसत सहुलियत ब्याजमा ऋण प्रदान गर्ने बताउनुभयो ।

कार्यक्रममा एनेकपा माओवादीका माधव लामिछानेले , नेकपा एमालेका भवनी न्यौपाने, नेपाली काँग्रेसका ओम आचार्य, सांसद कर्ण बिक , दलितका तर्फबाट मनवीर कामी र जिल्ला भूमिअधिकार मञ्चका अध्यक्ष चित्रकुमारी न्यौपाने, अन्तरपार्टी महिला सञ्जालकी भगवती न्यौपानेले आफ्नो धारणा राखेका थिए ।

Comments

comments