पूनर्निमाणको जिम्मेवारी स्थानीयतहलाई

रसुवा, माघ १० गते । भूकम्प पछिको पुनर्निर्माणको बाँकी कामको जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण भएको छ । ७४ प्रतिसत नीजि आवास निमार्ण सम्पन्न भएको र राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) रसुवाले जिम्मेवारी हस्तान्तरण गरेको हो ।

धुन्चेमा आयोजना भएको कार्यक्रममा पाँचैवटा गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशसकीय प्रमुख र प्राधिकरणबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको हो । अब गाउँपालिकामा पुनर्निमाणका लागि आवश्यक ईन्जिजियर लगायत प्रबिधिक जनशक्ति खटाउने काम समेत गाउँपालिकाले गर्ने राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) रसुवाका प्रमुख कृष्णकान्त उपाध्यायले बताउनुभयो । एकीकृत बस्ती, गोम्बा निर्माण र स्थानीय पुर्वाधारका लागि बजेट गाउँपालिकामा निकासा आउने छ ।

कार्यक्रममा सहरी तथा भवन डिभिजन रसुवाका प्रमुख कोषनाथ अधिकारी, जिल्ला आयोजना कार्यालय शिक्षाका प्रमुख सरद भण्डारी, जोखिमयुक्त बस्ती स्थानान्तरण तथा एकीकृत बस्ती विकास कार्यक्रम महाशाखा प्रमुख कृष्ण थापा, राष्ट्रिय पुनर्निमाण प्राधिकरणका कार्यकारी निर्देशक हरिप्रसाद श्रेष्ठ, प्रतिनिधी सभा सदस्य मोहन आचार्य, प्रदेश सभा सदस्यहरु प्रभात लामा र प्रेम तामाङलगायत जनप्रतिनिधीहरु कार्यक्रममा सहभागी थिए । कुल १२ हजार ४ सय ९२ परिवारको संझौता भएकोमा ११ हजार ६ सय ८६ परिवारले पहिलो किस्ता रकम लिएको र ९ हजार २ सय आवास निर्माण भएको कार्यालयको तथ्यांकमा छ ।

Comments

comments