पूर्ण खोप सुनिस्चितता घोषणा

kalika

Naukundaरसुवा, बढी जनघनत्व रहेको दक्षिणी रसुवा स्थित तीन गाउँपालिका पूर्ण खोप क्षेत्र घोषणा गरिएको छ ।जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णराज तिवारीका अनुसार उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकामा जन्मिएका, शिशुदेखि एक वर्षभित्रका बालबालिकालाई दिइनुपर्ने बिसिजी, डिपिटी, पोलियो, दादुरा र रुबेलाजस्ता खोप पूरा भएकाले खोपमुक्त घोषणा गरिएको हो । घोषित क्षेत्रमा डाँडागाउँ, ठूलोगाउँ, राम्चे, धैबुङ, भोर्ले, सरमथली र यार्सा जस्ता गाउँ पर्छन् । खोपको जागरण ल्याउन गाउँ गाउँका स्वास्थ्य संस्था र महिला स्वयंसेविका क्रियाशील रहेको बताइएको छ ।

जिल्लाका पाँच गाउँपालिकामा एक वर्षमुनिका ८८० बालबालिकाले खोप लगाइरहेको र कालिका, उत्तरगया एवम् नौ कुण्ड गाउँपालिकाका बालबालिकाको नयाँ तथ्याङ्क भने अद्यावधिक गर्न बाँकी रहेको तिवारीले बताउनुभयो । यसैबीच वर्षायाममा बगेर आउने पानी दूषित हुने भएकाले पानीलाई उमालेर मात्र खान खुवाउन जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । रसुवा जिल्लालाई पूर्ण खोप सुनिस्चितता घोषणा गर्ने क्रममा हालसम्म उत्तरगया, नौकुण्ड, कालिका गाउँ पालिकामा कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाहरुलाई दिईने खोप युक्त घोषणा भयो । जिल्ला स्वास्थ्य कार्यालय रेडक्रस, एसिएफ लगायतका संस्थाहरु सहित स्थानीय जनप्रतिनिधी र राजनीतिक दलहरुको सहभागितामा कार्यक्रम भएको थियो । कार्यक्रमका अवसरमा अभियानमा सघाउने बिभिन्न दातृ निकाय तथा बिभिन्न ब्यक्तिहरु सम्मानीत भएका थिए ।

uttargaya

उत्तरगायाको तस्वीर उपप्रमुख चमेली गुरुङ

नौ कुण्ड – सरस्वती न्यौपाने

Comments

comments