पूर्वाधार विकासमा तीन तहको भूमिका हुनुपर्छ :मन्त्री फुँयाल

126264056_871469993614932_8635570781713291274_n

रसुवा । मंसिर ४ गते । स्थानीय स्तरमा हुने विकास निर्माणमा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको बराबरी भूमिका भयो भने दिगो विकास गर्न मद्दत पुग्ने बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले बताउनुभएको छ । आज रसुवा जिल्ला नौकुण्ड गाउँपालिका वडा नं. ५ भोर्लेमा आयोजित एक कार्यक्रममा सहभागी हुँदै मन्त्री फुँयालले भन्नुभयो, रसुवामा पर्यटन, कृषि र जडिबुटीको प्रचुर सम्भावना भएको हुँदा यसको उचित विकासको लागि सबै तहको सरकारको भूमिका महत्वपूर्ण हुनेछ ।126264056_871469993614932_8635570781713291274_n

बागमती प्रदेश सरकारको सहयोगमा निर्माण सुरु हुन लागेको जिरो किलो, अम्बास भोर्ले पार्च्याङ सडक निर्माणको शिलान्यास समारोहमा सहभागी हुँदै मन्त्री फुयालले सडक निर्माणको शिलान्यास गर्नुभयो । सडक निर्माण कार्य भइरहेको छ । सडक निर्माण शिलान्यासपछि मन्त्री फुयालले भन्नुभयो, रसुवालाई जहिले पनि राजधानी र केन्द्रबाट पछाडी पारिएको जिल्ला भन्ने गरिएको छ । यहाँको नेतृत्वमा पनि त्यही भावना देखिएको छ । तर, छिमेकी मुलुक चीनसँगको व्यापारिक नाका भएको जिल्ला भएको हुँदा रसुवा १ नम्बरको जिल्लाको रुपमा स्थापित हुन लागेको बताउनुभयो ।

मन्त्री फुँयालले भन्नुभयो, म रसुवाको भुगोल घुमेको छु, यहाँको डाडाँकाडाँ सबै थाहा छ, यस जिल्लाको उचित विकासको लागि प्रदेश सरकारले सहयोग गर्नेछ र त्यसको लागि पहल लिनेछु ।

कार्यक्रममा सहभागी हुनुहुँदै प्रदेश सांसद् प्रभात लामाले रसुवाको विकासको लागि सडक पूर्वाधार र पर्यटन पूर्वाधारको विकास हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, सबै राजनीतिक शक्तिहरू मिलेर रसुवाको विकास निर्माणमा जोड दिउँ । कार्यक्रमका सहभागी हुँदै जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टले रसुवा जिल्लाको विकासको लागि मुख्य कुरा सडक सञ्जाल विस्तार हुनु आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, प्रदेश सरकारले यो जिल्लाको विकासको लागि प्राथमिकताका राखी सहयोग गर्नु जरुरी छ ।126060175_379842559767361_1069950790520625167_n

यस्तै, कार्यक्रममा सहभागी हुनुहुँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिव इन्द्र गोतामे जगतजंगले सडक बाटो निर्माणको लागि प्रदेश सरकारले गर्न लागेको कार्य राम्रो छ तर, अहिले जुन नौकुण्ड गाउँपालिकालाई मात्र लक्षित गरी कार्य सुरु गरिएको छ, यसले पर्याप्त नहुने भएकाले जिरोकिलो उत्तरगया गाउँपालिका वडा नं. ५ बोगटीटारबाट नै स्तराेन्नती गरी नौकुण्ड गाउँपालिका केन्द्रसम्म सडक बाटो चौडा र पक्कि बनाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, केन्द्र र प्रदेश सरकारको ध्यान रसुवा जिल्लालाई कम छ, मन्त्रीज्यूनै यसरी जिल्लामा आएर अवलोकन गर्नुभएको छ, बाँकी ठाउँहरूमा पनि सडक र अन्य आवश्यक भौतिक पूर्वाधारहरूको लागि बजेट विनियोजन गरिदिनु जरुरी छ ।

Comments

comments