पेटमा गर्भ बसेको छकि छैन ? चिनी र पिसावको प्रयोगबाट यसरी थाहा पाउन सकिन्छ

Pregnency

आइतबार, १५ फागुन २०७३पाइन्छ । गर्भको परीक्षण गर्ने आ–आफ्नै तरिका हुन सक्छन् । चिकित्सकीय पद्धतिबाट गर्भको परीक्षण गर्ने आफ्नै तरिका हुन्छ भने केही घरेलु तरिकाबाट पनि गर्भ बसेको हो कि होइन भन्ने कुरा थाहा पाउन सकिन्छ । ती मध्ये एउटा उदाहरणलाई हामीले यहाँ प्रस्तुत गरेका छौ । त्यो हो चिनी र पिसाबको प्रयोगबाट गर्भ परीक्षण गर्ने तरिका ।

विवाह पश्चात वा विवाहअघि जुनसुकै बेलामा पनि यौन सम्पर्कपछि गर्भ रह्यो वा रहेन भन्ने विषयले महिलाहरुमा चासो सृजना गरिदिन्छ । विवाहअघिनै यौन सम्बन्ध राखिएको छ र गर्भ बस्यो भने त महिलाहरु झनै तनावमा पर्ने गर्छन् । केही महिलाहरुले गर्भ रह्यो रहेन भन्ने बारेमा प्रिगेन्सी किटको प्रयोग गरेको पाइन्छ तर कतिपयले भने मेडिकलमै पुगेर किट ल्याउन भने लाज मान्ने गर्छन् । अब त्यो झन्झटबाट महिलाहरु मुक्त हुने संकेत देखिएको छ । अब महिलाहरुले घरमै बसेर गर्भ रह्योकि रहेन भन्ने कुरा थाहा पाउन सक्नेछन् । केही प्राकृतिक तरिकाहरु अप्नाएर केही सकेण्डभित्रनै महिलाहरुले त्यो कुरा थाहा पाउन सक्नेछन् । त्यो पनि चिनीको माध्यामबाट यो कुरा थाहा पाउन सक्नेछन् ।

यौन सम्बन्धपछि गर्भ रह्यो वा रहेन भन्ने जिज्ञासा लाग्यो भने एउटा भाँडोमा अलिकति पिसाव राख्नुहोस्, सोही भाँडोमा रहेको पिसावमा केही चिनी मिसाउनुहोस् । यदि उक्त पिसावमा चिनी सजिलै घुलियो भने परिणाम नेगेटिभ भएको बुझ्नुपर्छ । त्यो भनेको गर्भ रहेको छैन भनेर बुझ्नुपर्छ । तर पिसावमा मिसाएको चिनी नघोलिएर गुच्चाजस्तो डल्लो अवस्थामा रह्यो भने परिणाम पोजेटिभ आयो भनेर बुझ्नुपर्छ । अर्थात तपाई गर्भवती हुनुभएको छ भन्ने कुराको पुष्टि हुन्छ । यसरी गर्भ रहेको छ कि छैन भनेर थाहा पाउन सकिन्छ ।

Comments

comments