पेशागत स्वास्थ्य सुरक्षाका लागि आबश्यक सामाग्री हस्तान्तरण

पेशागत स्वास्थ्य सुरक्षाका लागि रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ लाई सामाग्री हस्तान्तरण गरिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई रसुवाले वातावरणीय तथा सामाजिक सुरक्षण योजना अन्तर्गत पेशागत स्वास्थ्य सुरक्षाका लागि आबश्यक सामाग्री हस्तान्तरण गरेको हो ।

बुधबार सदरमुकाम धुन्चेमा पेशागत स्वास्थ्य सुरक्षा सम्बन्धि अभिमुखिकरणको आयोजना गरि ९० हजार बराबरका सामाग्री वडा कार्यालयलाई हस्तान्तरण गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका सुचना अधिकारी मौलिधन राईले बताए ।

वडाको तर्फबाट वडा सदस्य विश्वकुमार घलेलाई सुचना अधिकारी राईले श्रमिकको सुरक्षाका लागि आवश्यक सामाग्री हस्तान्तरण गरे । हस्तान्तरण गरिएको सामाग्रीमा २०÷२० थान हेल्मेट, रबर बुट, भिजिवल भेष्ट, पन्जा, दर्च लाईट, पिक, सावेल, ५० थान मास्क, १० थान सिठि, २ थान त्रिपाल, १ सेट औषधी र फष्ट एड बक्स, १ थान आगो नियन्त्रक र २ थान डष्टविन उपलब्ध गराइएको छ । नमुना स्वरुप गोसाईकुण्ड गाउँपालिका ६ नम्बर वडा कार्यालयलाई सामाग्री हस्तान्तरण गरिएको उनले बताए ।

उनले भने यसअघि नै हामीले जिल्लाको पाँचवटा गाँपालिकामा बैठक बसि पेशागत स्वास्थ्य सुरक्षाको जानकारी सहित सामाग्री हस्तान्तरण गर्ने भनि छलफल गरेका थियौ, सोहि अनुरुप नमुना स्वरुप सुरुमा हामीले जिल्लाको गोसाईकुण्ड गाउँपालिका ६ धुन्चेलाई हस्तान्तरण गर्यौ अब आमाछोदिङ्मो गाउँपालिका ५ चिलिमेको वडा कार्यालयलाई पनि सामाग्री हस्तान्तरण गर्न लागेका छौ,

सदरमुकाम धुन्चेमा संचालन गरिएको कार्यक्रममा गाउँपालिका भरिका ४१ जनाको सहभागिता रहेको थियो भने इकाईका वातावरण बिशेषज्ञ मनोजकुमार चन्दले कार्यपत्र मार्फ सुरक्षाका बारेमा जानकारी गराएका थिए ।

त्यस्तै जिल्लाको आमाछोदिङ्मो गाउँपालिका ६ चिलिमे वडा कार्यालयमा भने बिहिबार अभिमुखिकरणको आयोजना गरि सामाग्री हस्तान्तरण गरिने राईले बताए । नमुना स्वरुप दुई वटा गाउँपालिकाका दुई वटा वडा लाई ९०/९० हजार वराबर सामाग्री हस्तान्तरण गरिने समेत उनको भनाई रहेको छ ।

त्यस्तै आगामि दिनमा श्रमिकहरुको सुरक्षालाई मध्यनजर राख्दै यस्ता कार्यक्रमहरु वडा मार्फत संचालन गर्नुपर्ने बताइएको छ । कामदारहरुले सुरक्षाका लागि यस्ता सामान प्रयोग गर्नुपर्ने भन्ने श्रम निति २०७४ मा उल्लेख भएअनुसार दुईवटा वडालाई हस्तान्तरण गरिने जनाएको छ । Radiorasuwa

Comments

comments