प्रकृति कहाँ निठुरी हुन्छ र ?

phurpa Tamang 2012

फुर्पा तमाङ

phurpa Tamang 2012

 

 

 

 

 

 

 

 

 

 

 

मान्छेले धाेका दिन्छन्
साथीले धाेका दिन्छन्
अाफन्तले धाेका दिन्छन्
याे हामी सबैकाे साझा गुनासाे

मेराे, तेराे, तपाईकाे
हामी सबैकाे

तर, सबैले सबैलाई
धाेका दिँदैनन्

खराबबीच असल र,
असलबीच खराब दुवै हुन्छन्

सबै अाफ्नाहरु सँधै अाफ्ना हुँदैनन्
पराईहरु सँधै टाढा हुँदैनन्

अत: सबै निठूरी हुँदैनन्
संगै रमाउने, हाँस्ने, रुने पनि हुन्छन्

सु:ख-दु:ख बाँड्छन्
प्रकृति पनि त्यस्तै हुन्छ

कहिले घाम
कहिले वर्षा

कहिले हिमपात
कहिले बादलले ढाकेकाे हुन्छ

तर, एक साथ सबै ठाउँमा त्यस्ताे हुन्न
छेवैकाे डाँडामा पानी पर्दा

वरिपरि वादलले ढाकिँदा पनि
बीचकाे भागमा घाम लागिरहेकाे हुन्छ

र त, प्रकृतिमा रम्न मन लाग्छ
त्यसैले त धाेकेवाजहरुकाे बीचमा पनि

असलहरु छन् भनेर
पूराका पूरा जिन्दगी बाँच्न मन लाग्छ।।

Comments

comments