प्रकृति संरक्षणमा रम्दै चित्रकारहरु

०७३ मंसिर २ गते गते । प्रकृतिको संरक्षणका लागि आर्ट फर नेचरका कलाकारहरुले रसुवाको पर्यटकीय क्षेत्र ठूलो स्याफ्रु र गोसाँईकुण्ड पदयात्रा मार्गको दृष्यहरु आफ्नो कलामार्फत उतारेर प्रर्दन गरे ।

पर्यटकीय क्षेत्र गोसाँईकुण्ड तथा ठूलो स्याफ्रुका जैविक बिबिधता , बिश्वमै दुर्लभ रेडपाण्डा क्षेत्रको साता ब्यापी अध्ययन गर्न बंगलादेशबाट आएका एक चित्रकारले मानिसलाई माया गरेर बोक्ने घोडाको चित्र र चट्टान टुक्रिए जस्तै गरी घोडाको अन्त्य भएको चित्र कोरेर धुन्चेमा प्रदर्शनी गर्नुभयो । कलाकार एरिना ताम्राकारले रसुवाको ठूलोस्याफ्रुको शेर्पा भेषभूषा तथा पर्यटकीय होटल महिलाहरु व्यवस्थान र अहिलेको प्रबिधि मोवाईलको प्रयोगको कलात्मक चित्र कोरेर प्रर्दशनी गर्नु भयो । रसुवाकै अर्का चित्रकार डिल्लीराज घिमिरेले लमतन्न लाङटाङ हिमनदी र बरीपरीको रमणीय र मनमोहक दृश्य कोरेर प्रदर्शन गर्नुभयो ।IMG_3962

चित्रकाला प्रदर्शनीमा जिल्लाका धेरैले स्थानीयले झुम्मिएर नियालेका थिए । पत्रकार बलराम घिमिरेले तस्वीर र भिडियो खिच्दै भन्नुभयो कलाकारहरुले थाङ्का चित्र कोरेर जिल्लाको जैविक बिबिधता नै प्रतिबिम्बित गरेपछि प्रर्दशनी गर्दा धुन्चेको चिसो बाताबरण रम्य नै भयो । प्राकृतिसँग रम्दै यहाँका दृष्य र जीवन शैली जस्ताका तस्तै उतार्नका लागि रसुवा आएका देश बिदेशका चित्रकारहरु सुन्दर चित्र कोरेर फर्केर सदरमुकाममा चित्र प्रदर्शन गर्नुभएको थियो । उनीहरुले मन छुने खालका चित्रहरु प्रस्तुत थिए  । चित्रकलामार्फत प्रकृति , मानव र वन्य जन्तुको सम्बन्ध कला झल्कियो । रिलिफ फर वाईल्ड लाईफ भिक्टिम्सले दोस्रो ईन्टरनेशनल सेम्पोजियम अन आर्ट फर नेचर प्रकृतिको सौन्दर्य र स्थानीय रैथाने संस्कृति रङमार्फत क्यानभाषमा कोरेका थिए ।

प्रकृतिसँग रम्नु र कला प्रस्तुत गरी रमाईलो भ्रमण भएको सहभागि आर्ट फर नेचर सोसाईटीका सुनिता राणाले बताउनुभयो । चित्रकार सुष्मा शाक्यले रसुवाको मध्यवर्ती क्षेत्रका प्राकृतिक दृष्य नक्सा कोर्दै भन्नुभयो “यहाँको सुन्दरता यो चित्रले बोकेको छ । ” बंगलादेशबाट आएका एक चित्रकारले मानिसलाई माया गरेर बोक्ने घोडाको चित्र र चट्टान टुक्रिए जस्तै गरी घोडाको अन्त्य भएको चित्र प्रदर्शनी गर्नुभयो । Art

आर्ट फर नेचरको दास्रो आर्ट कार्यशाला अन्तर्गत कार्यक्रम भएको हो । प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र गोसाईकुण्ड र बिश्वमा लोपोन्मुख रेडपाण्डा क्षेत्रमा एक सातासम्म आर्टिष्टहरुआर्टिस्हरूको भ्रमण गरेर चित्र कोरेर प्रर्दशनी गर्नुभएको हो । आर्ट क्लब नेपालका गीता रानाले देश बिदेशका गरी २४ जना आर्टका कलाकारहरूले त्यहाँका बस्तु स्थिति उर्तान आर्ट क्लब नेपालकामार्फत केही मूर्तिकरहरू पनि आएका थिए  । बेष्ट आर्टिसहरू देशब्यापी रुपमा अवार्ड गरिने पनि बताउँनुभयो । नेचर अफ आर्ट कार्यक्रमको सुरुवात गर्दै प्रकृतिको चित्र तथा मूर्तिकलामार्फत पर्यापर्यटनमार्फत स्थानीयको जिविकामा प्रभाव पार्ने लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताउँनुभयो ।

Comments

comments