प्रगतिशील लेखक सङ्घ रसुवाको तेस्रो जिल्ला सम्मेलन सम्पन्न

pran

कालिकास्थान, रसुवा माघ १६ गते । प्रगतिशील लेखक सङ्घ रसुवाको तेस्रो जिल्ला सम्मेलन भूमिघर कालिकास्थानमा सम्पन्न भएको छ ।

अधिवेशनले उद्धवप्रसाद रिजालको अध्यक्षतमा ११ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश नं.३ का ईन्चार्ज खेम थपलियाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा विशेष अतिथि नेकपा रसुवाका सचिव माधव लामिछाने (समिर) रहनु भएको थियो । कार्यक्रममा प्रगतिशील लेखक सङ्घ नुवाकाेटका सचिव रामहरि गजुरेल, नेकपा जिल्ला कमिटी  सदस्य एवम् नेकपा नौकुण्ड गाउँपालिका सचिव रामकुमार न्यौपाने, नेकपा कालिका गाउँपालिका इन्जार्च अर्जुन देवकोटालगायत सहभागी थिए ।

तेस्रो जिल्ला सम्मेलनले उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा क्रमशःराजेन्द्र पौडेल, विश्वास नेपाली, सुष्मा न्यौपाने चयन गरेको छ । यस्तै जिल्ला सदस्यहरूमा क्रमशः  हेमनाथ खतिवडा, शिशिरकुमार न्यौपाने, नारायणप्रसाद देवकोटा, तारानाथ न्यौपाने, कविता स्याङ्वा, जयराम आचार्यलाई चयन गरेको छ ।

सम्मेलनले सल्लाहकार समिति समेत निर्माण गरेको छ । सल्लाहाकार समितिमा क्रमशः माधव अर्याल, इन्द्र गौतम, माधव लामिछाने, चेरुङ र धर्तिचन्द्र यात्रीलाई चयन गरेको छ ।

सम्मेलनमा सहभागीहुँदै प्रगतिशील लेखक संघ नुवाकोटका अध्यक्ष नवदिप अजनवी, साहित्यकार धर्तिचन्द्र यात्री, नेकपा जिल्ला समिति सदस्य रामकुमार न्यौपाने, विद्यार्थी सङ्गठनका अध्यक्ष अर्जुन पौडेल, नेकपा जिल्ला कमिटि सचिव माधव लामिछानेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्मेलनको अवसरमा बोल्दै नेकपा जिल्ला सचिव माधव लामिछानेले रसुवा जिल्लामा विचार, सूचनाहरूआदान–प्रदानगर्नको लागि सञ्चार माध्यमको अभाव खट्किएको बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न समयमा प्रकाशनमा आएका साप्ताहिक, मासिक र त्रैमासिक पत्रिकाहरू पनि आर्थिक अभावको कारण नियमितहुन सकेनन्, यसले गर्दा जिल्लाका जनताहरू सूचना पाउने अधिकारबाट समेत वञ्चित हुनपुगेका छन् । ” लामिछानेले भन्नुभयो , जिल्लाका नेतृत्वले पनि प्रगतिशील लेखक सङ्घलाई क्रियाशील गर्ने र राजनीतिक विचार जनता सामू पु¥याउनको लागि विभिन्न प्रकाशनहरू गर्नको लागि सहयोग गर्न आवश्यकता छ ।

सम्मेलनको अवसरमा प्रमुख अतिथिको रुपमा बोल्नु हुँदै प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष खेम थपलियाले प्रगतिशील लेखक सङ्घ सबै बामपन्थी लेखक तथा साहित्यकारहरूको साझा मोर्चा भएकाले यसलाई साझा थलोकै रुपमा विकास र संरक्षण गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, लेख्ने कलाको विकास गर्न र आफ्नो विचारहरूलाई तल्ला तहसम्म पु¥याउन र वामपन्थी विचारलाई भुइँतहसम्म पु¥याउनको लागि यो सङ्घले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसैले रसुवा जिल्लामा पनि क्रियाशील रुपमा अघि बढ्नको सङ्घले विभिन्न गतिविधिहरू नियमित रुपमा गरिरहनु आवश्यक छ । प्रलेस शमप्रसाद शर्माले २००९ सालमा बिरगञ्जबाट स्थापना भएको उल्लेख गर्दै उहाँले प्रलेस प्रगतिशीलहरुको आस्थाको धरोहर भएको बताउनुभयो । सम्मेलनमा अध्यक्ष रिजालले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सम्मेलनले ११ औं केन्द्रीय सम्मेलनको लागि पनि ८ जना प्रतिनिधि छनौट गरेको छ । प्रतिनिधिहरु क्रमश: नारायणप्रसाद देवकोटा, भगवती न्यौपाने, हेमनाथ खतिवडा, विश्वास नेपाली, जयराम आचार्य, शिशिर न्यौपाने, राजेन्द्र पौडेल र सुष्मा न्यौपाने छनौट भएका छन् ।

Comments

comments