प्रदेशको उत्कृष्ट सिंचाइ विकास सब-डिभिजन रसुवा

रसुवा सिंचाइ

रसुवा, गत आर्थिक वर्ष २०७७/७८ मा सिंचाइ सम्बन्धी कार्य सम्पादनको दृष्टिकोणले जलश्रोत तथा सिंचाइ विकास सब-डिभिजन कार्यालय रसुवा बागमती प्रदेशको उत्कृष्ट कार्यालय बनेको छ ।रसुवा सिंचाइ

दुइ वर्षअघिदेखि कार्यालय प्रमुखको कृष्ण पाण्डे र कर्मचारीकाे टिमले कार्यसम्पादनमा सुधार गरेका कारण कार्यलय उत्कृष्ट बनेको हो । प्रमुख पाण्डे सिंचाइ सम्बन्धी समस्या भएका क्षेत्रमा स्रलगत रूपमा आफैं पुग्ने, जिल्लामा आवश्यकता अनुसार ठूला योजना छनौटमा केन्द्रसम्म समन्वय गर्ने, आएका सेवाग्राहीको काम छिटो छरितो  तथा पारदर्शी रूपमा गर्दै आएका छन् ।

कार्यालयले गत आर्थिक वर्षमा ९०.२३ प्रतिशत वित्तिय र ९०.५५ भौतिक प्रगति गरेको थियो । आर्थिक वर्षमा ०७७/७८ मा १५ करोड ३६ लाख ७ हजार रुपैयाँ बजेट बिनियोजन भएकोमा १३ करोड ८६ लाख २६ हजार ७ सय रुपियाँ खर्च भएको थियो । त्यस्तै ८७.८५ प्रतिशत वित्तिय प्रगति रहेको काभ्रे र ८५.२५ प्रगति रहेको मकवानपुर जिल्ला क्रमशः कार्य सम्पादनमा दोश्रो र तेश्रो भएका हुन् ।

बागमति प्रदेशका १३ जिल्लाका १६ कार्यालयको समग्र प्रगति हेर्दा भौतिक प्रगति ८१.४५ वित्तिय प्रगति ७७.४५ रहेको छ । सिंचाइ सुविधा विस्तारको हिसाबले पनि रसुवा सिंचाइ कार्यालय उत्कृष्ट भएकाे हाे । आर्थिक वर्ष ०७५/७६ सम्ममा जम्मा ३०० हेक्टर क्षेत्रकाे जमिनमा सिंचाइ सुविधा रहेको यस जिल्लामा आर्थिक वर्ष ०७६/७७ मा २३२.५ हेक्टर क्षेत्रफल विस्तार गरेकोमा गत आर्थिक वर्ष ०७७/७८ मा ३८१ हेक्टर जमिन मझौला सिंचाइ र ९९.८ हेक्टर जमिन नयाँ प्रविधीमा आधारित सिंचाइ आयोजनाबाट गरी कुल ४८०.८ हेक्टर जमिनमा सिंचाइ सुविधा विस्तार भएको छ । कार्यालयको तर्फबाट हालसम्म १०१३.३ हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा विस्तार गरी सकिएको छ । ९,४०० हेक्टर सिंचाइ योग्य जमिन रहेको रसुवा जिल्लामा हालसम्म जम्मा १०.७२५ हेक्टर जमिनमा मात्र सिंचाइ सुविधा बिस्तार भएको छ । कार्यालयले माग अनुरूप टड्काराे समस्यालाइ प्राथमिकतामा राखेर प्राप्त स्राेतकाे उपलब्धता अनुरूप सम्बाेधन गरेकाे स्थानीय तहसँग समन्वय गरेर काम गरेकाेले प्रभावकारी भएकाे स्थानीय बताउछन् ।

जलश्रोत तथा सिंचाइ विकास सब –डिभिजन कार्यालयका अनुसार खोला तथा बस्ती संरक्षण, तटबन्द, नदि नियन्त्रण, पहिरो नियन्त्रण, मझाैला, नयाँ प्रबिधिमा आधारित सिंचाइ योजना सम्पन्न भएका छन् ।

Comments

comments