प्रदेशभरका पत्रकारको टोली उत्तरगयामा

80398200_3859279727430907_6115538868314832896_n
रसुवा । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन ३ नं. प्रदेश सरकारले आयोजना गरेको प्रदेशभित्रका १३ वटै जिल्लाका उच्च पहाडी तथा हिमाली क्षेत्रका पर्यटकीय गन्तव्यहरुको अध्ययन, अवलोकन तथा अनुगमन भ्रमणका क्रममा रसुवाकाे उत्तरगया पुगेको पत्रकारको टोलीलाई भव्य स्वागत भयाे ।
79791197_3443644749011544_5552265864633384960_n
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत पर्यटन विकास आयोजनाले आयोजना गरेको साताव्यापी भ्रमणको क्रममा रहेको पत्रकार टोलीलाई शनिवार पर्यटकीय जिल्ला रसुवाकाे बेत्रावतीमा स्थानीय सरकारसहित नेपाल पत्रकार महासंघ जिल्ला शाखाले स्वागत गरेको हो । मंसिर ३० गतेदेखि यात्रामा निस्किएको २५ सदस्यकाे टोली प्रदेश राजधानी मकवानपुरबाट सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाण्डौं, धादिङ, नुवाकोटहुँदै रसुवाकाे बत्रावती पुगेको थियो । टाेलीमा प्रदेशकाे भक्तपुर बाहेक सवै जिल्ला पत्रकारहरू सहभागी थिए । सो क्रममा जिल्लाको पर्यटकीय, धार्मिक एवं ऐतिहासिक उत्तरगया क्षेत्रमा एक विषेश कार्यक्रमकाबीच नेपाल पत्रकार महासंघ शाखा रसुवा, उत्तरगया गाउँपालिका र कालिका गाउँपालिकाले संयुक्त रुपमा पत्रकारहरूकाे स्वागत तथा सम्मान गरेका थिए । स्वागत कार्यक्रममा स्थानीय युवा समाजसेवी गणेश श्रेष्ठले उत्तरगया धामकाे महिमा बारे जानकारी दिए ।
सो अवसरमा कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले जिल्लाको पर्यटन क्षेत्रको सम्भावना र महत्वको विषयमा चर्चा गर्दै पर्यटन वर्षलाई भव्यताका साथ सफल पार्न सञ्चार क्षेत्रको विषेश भूमिका रहनुपर्ने बताए । ‘अहिले तीनै तहका सरकार र अझ विषेश गरी स्थानीय सरकारले पर्यटन प्रवर्दन र विकासका लागि केन्द्रित हुनु आवश्यक छ’, उनले भने–‘रसुवा नेपाल र विश्वकै पर्यटकीय महत्वका दृष्टिले ठूलो संभावना बोकेको जिल्ला हो । यसको प्रचारमा पत्रकारहरुले अझ बढी शसक्त भएर कलम चलाउने कुरामा मलाई पूर्ण विश्वास छ ।

यस्तै गरी, उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले पत्रकारको टोली पर्यटन पवदर्दनका लागि जिल्लामा आउँदा आफूहरूलाई गर्व लागेको बताइन् । ‘यहाँको ऐतिहासिक, धार्मिक, साँस्कृतिकलगायतका महत्वपूर्ण सम्पदाको विश्वव्यापी रुपमा प्रचार 80060966_2233004090335484_699312141412335616_nगर्न पत्रकारहरूले मात्रै सक्छन्’, उनले भनिन्–‘यहाँको रहनसहन, जीवनशैली, कला, संस्कृति, प्राकृतिक तथा जैविक विविधता विश्वमै भिन्न र लोभलाग्दो छ ।’नेपाल पत्रकार महासंघका रसुवा जिल्ला शाखाका अध्यक्ष हेमनाथ खतिवडाले भ्रमण वर्ष सफल बनाउन पर्यटकीय क्षेत्रहरुको पहिचान गरी यसको प्रवर्दन पत्रकारितामार्फत् सवै क्षेत्रले  जिम्मेवारीपूर्वक लागि पर्ने बताए । यसै अवसरमा भ्रमणको संयोजनसमेत गरिरहेका पर्यटन विकास आयोजनाका ताराप्रसाद सिवाकोटीले प्रदेश सरकारले पर्यटनको पूर्वाधार विकासमा जोड् दिइरहेको बताउँदै विभिन्न योजनाहरु अघि सारेको बताए ।
उनले रसुवाका धेरै विश्व प्रसिद्द पर्यटनकीय मार्गहरू रहेका र सरकारी  नीति तथा कार्यक्रममा समावेश गरिएका र निर्माणको चरणमा रहेका आयोजनाहरुको विषयमा जानकारी पनि दिएका थिए ।प्रदेश सरकारले यसै वर्ष निर्माण थालनी हुनेगरी पार्वतीकुण्ड क्षेत्रको विकास, सोमदाङमा हिल स्टेशन, ग्यावला पासमा पर्यटन पुर्वाधार निर्माण लगायतका अन्य योजना अघि बढाएको छ । भ्रमणको समन्वय नेपाल पत्रकार महासंघ ३ नं. प्रदेश समितिले गरेको हो भने अध्ययन यात्रामा प्रदेश भित्रका १३ वटै जिल्लाका पत्रकारहरु सहभागि थिए ।80398200_3859279727430907_6115538868314832896_n

देशकै आकर्षक पर्यटकीय गन्तव्यको रुपले परिचित रसुवा जिल्लामा दक्षिण एसियाकै दोस्रो उत्कृष्ट मानिएको लाङटाङ पदमार्ग, तामाङ हेरिटेज, प्रसिद्ध धार्मिक थलो गोसाँइकुण्डलगायतका एकसय ८ कुण्ड, नेपाल–तिब्बतबीचको युद्धका बखत जितगढीको रुपमा रहेको रसुवागढी, ऐतिहासिक तथा धार्मिक उत्तरगया अर्थात् वेत्रागंगा, विश्वमै दुर्लभ मानिएको रेडपाण्डा (रातोहाब्रे), बहुमूल्य जडिबुटी लगायत अन्य जैविक र वन्यजन्तु संरक्षित लाङटाङ राष्ट्रिय निकुञ्ज अवस्थित छ ।यस बाहेक तामाङ लगायत बौद्ध धर्म संस्कृति, परम्पराजस्ता साँस्कृतिक महत्वले रसुवालाई धनी जिल्ला मानिन्छ । दैनिक सयौँ संख्यामा यहाँ भित्रिने आन्तरिक तथा विदेशी पर्यटकहरुलाई गोल्जुङ, गत्लाङ, स्याफ्रुवेंशी, धुन्चे, वृद्धिम, चिलिमे वस्तीमा सञ्चालन गरिएका होमस्टे (घरवास) ले लोभ्याउँछ । भारतलाई समेत जोड्ने चीनसँगको मुख्य अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै वर्षेनी मानसरोवर पुग्ने हजारौँ भारतीय धर्मालम्बी तथा पर्यटकहरुको प्रमुख रुट यसै जिल्लामा पर्दछ । लाङटाङ, गणेश हिमालजस्ता करिब ६ हजार मिटरभन्दा अग्ला हिमश्रृङखला पनि यस जिल्लाको प्रमुख आकर्षण मानिन्छ । यसका साथै चिलिमेस्थित कुण्डमा विश्वव्यापी रुपमै उत्कृष्ट मानिने प्राकृतिक उपचार पद्दति तातोपानी स्नान गर्न आउने स्वदेश तथा विदेशबाट ठूलो संख्यामा पर्यटकको घुइँचो नै लाग्ने गर्दछ ।
पछिल्लो समय जलविद्युत् विकासमा फड्को मारिरहेको रसुवा बिजुली उत्पादनको समेत केन्द्र वनिरहेको छ । निर्माण सम्पन्न भईसकेका र निर्माणको चरणमा रहेका गरी दर्जनभन्दा बढीको संख्यामा रहेका विद्युत् आयोजनाहरुले समेत आन्तरिक पर्यटकका लागि आकर्शित गर्नसक्ने ठूलो सम्भावना देखिन्छ ।

Comments

comments