प्रदेश सभा सदस्यमा रसुवाकी शान्ति थिङ

WE Chunabi sabha (3)

कालिकास्थान, तीन नम्बर प्रदेश सभा सदस्यमा रसुवाकी शान्ति थिङ निर्वाचित भएकी छिन् । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत जनजाति तथा महिला कोटाबाट थिङ प्रदेश सभा सदस्य बनेकी हुन् ।

विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनलाई नेकपा एमाले रसुवाले समानुपातिक उम्मेद्वारमा सिफारिस गरेको थियो । युवा नेताका रुपमा लोकप्रिय थिङ हाल नेकपा एमाले जिल्ला कमिटि रसुवाको सचिवालय सदस्य समेत् हुन् ।

नेकपा एमाले तथा वामगठबन्धन रसुवाले प्रत्यक्षतर्फ हार व्यहोरे पनि थिङ समानुपातिक तर्फ निर्वाचित भएपछि रसुवाका एमाले संगठनमा हौसला थपिएको एमाले नेताहरु बताउछन् ।

Comments

comments