प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट हेलिप्याड

IMG_20190703_125446

रसुवा, असार २२ गते । वेरोजगार समस्या न्युनिकरण गर्न सरकारले अघि सारेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट गाउँमा आपतकालिन उद्धारका लागि हेलिप्याड निर्माण भएको छ ।

पाँच गाउँपालिका मध्ये कालिका र नौकुण्ड गाउँपालिकामा मात्र रोजगार संयोजक रहेका छन् । कुल १ सय ६ जना अर्धदक्ष मजुदुरले आवेदन दिएकोमा नौकुण्ड गाउँपालिकाको सरमथलीमा आपतकालिन उद्धा तथा राहतका लागि हेलिप्याड निर्माण भएको छ । विपदको जोखिम वर्षेनी बढ्ने यस क्षेत्रमा पहिरो, भूकम्पलगायतबाट सम्भावित क्षति न्युन गर्न तथा राहत उद्धारमा पनि सहयोग पुग्ने गरी हेलिप्याड निर्माण भएको छ । आचार्यले भन्नुभयो वडा नं ६ स¥स्युँमा गोरेटोबाटो मर्मत, गाउँपालिकाको बिभिन्न स्थानमा भत्केको सडक मर्मत र नाली निर्माणको काम भईरहेको संयोजक विकास आचार्यले बताउँनुभयो ।

त्यसैगरी कालिका गाउँपालिकामा १ सय ५२ जनालाई असार महिना भित्र १५ दिन रोजगारी दिने कार्यक्रम भईरहेको छ । जसअन्तर्गत वर्षातले बिगारेको सडक मर्मत तथा नाली नभएको स्थानमा नाली निर्माणको काममाजोड् दिईएको संयोजक निरज भट्टले बताउँनुभयो । रसुवाका अन्य तीन गाउँपालिकामा कार्यक्रम परेको छैन ।IMG_20190703_125446

तस्वीर : रसुवाको कालिका गाउँपालिकामा सडक मर्मत तथा नाली बनाउँदै

Comments

comments