प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्द्रराज पोखरेलसँग छलफल

०७४ भदौं ८ गते । रसुवाका भूकम्प प्रभावितत तथा बिस्थापितहरुलेभूमि सुधार मन्त्री तथा राष्ट्रिय पुर्नर्निमाण प्राधिकरणका कार्यकारी प्रमुख अधिकृत समक्ष अफ्ना समस्या बारे सुनाएर ध्यानाकषर्ण गराएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यालय, सिंहदरबार काठमाडौंमा प्रमुख कार्यकारी अधिकृत प्रा.डा.गोविन्द्रराज पोखरेललाई भेटी रसुवा जिल्लाको भूकम्पपछिको पुनर्निर्माण र भूमिसँग जोडिएको सवालबारे छलफल गरियो । साथै यस्तो समस्या यथासक्य समाधानको लागि ७ बुँदे माग पत्र पनि बुझाइयो । मुख्यगरी विस्थापितलाई पुनर्वास गराउने, भूमिहीन सुकुमबासी र आफ्नो नाममा जमिन नभएका परिवारलाई पुनर्निर्माणमा प्राथमिकता दिनुपर्ने, निव्याजी र सहुलियत ऋण प्रवाहको प्रक्रिया चाँडो सुरुवात गर्नुपर्नेलगायतमा माग रहेका थिए ।
छलफलको अवसरमा रसुवाका विस्थापितहरूलाई खाल्टेमा एकीकृत बस्तीको विकास गरी पुनर्वास गराउने योजनामा पुनर्निर्माण प्राधिकरण रहेको डा.पोखरेलले बताउनुभयो । खाल्टेको जग्गा अधिग्रहण गरी पुनर्वासको प्रक्रिया अघि बढाउनको लागि सहयोग गर्न उहाँले सोही छलफलकै क्रममा रसुवाका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेललाई फोन गर्नुभएको थियो । पुनर्निर्माण ऐनअन्तर्गत जिल्लामा हुने जग्गा प्राप्ती समितिको अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारीलाई खाल्टेको जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाई त्यसको विवरण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पठाउनको लागि आग्रह समेत गर्नुभयो । यस्तै, प्रा.डा. पोखरेलले छुट भएका सबै भूकम्प पीडितलाई हाल गाउँ गाउँमा गइरहेका इन्जिनियरको टोलीलाई विवरण टिपाइ पठाउनुपर्ने, यसमा गाउँपालिकाले पनि सहयोग गर्नुपर्ने र अव कोही पनि नछुट्नको लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले जोखीमयुक्त बस्तीका परिवारलाई अन्यत्र बसोबासको लागि जग्गा खरिद गर्नको लागि २ लाख रुपियाँ दिने अव तत्कालै अघि बढाइने बताउनुभयो । यस्तै, जिल्लामा जोखीमयुक्त बस्तीको हालसम्म पनि एकीन पहिचान भएको विवरण बाहिर आउन नसकेको र अझै पनि धेरै परिवार छुटेको प्रति पुनः भुगर्भविद्को टोली जिल्ला पठाइ सहयोग गर्ने बताउनुभयो । यस्तै, विस्थापित परिवारलाई घर बनाइदिनको लागि विभिन्न संघ संस्थाहरू आइरहेकाले खाल्टेमा जग्गा प्राप्ती र प्लटीङको कार्य सकिने वित्तिकै घर बनाउनको लागि सहयोग गर्ने बताउनुभएको छ । यस्तै, उत्तरगया गाउँपालिका ४ को पहिरेबेशी, कुवापानी र ढकालस्वाँरामा गत साउन २२ गते राती पहिरो गई विस्थापित भएका १९१ घर परिवारलाई पनि घर बनाउनको लागि राहत रकम र जग्गा खरिद गर्नको लागि अन्य भूकम्प पीडित सरह नै २ लाख रुपियाँ दिने सकिने र त्यसको एकीन विवरण तयार गर्नको लागि प्राधिकरणबाट भुगर्भविद्को टोली पठाउने पनि प्रा.डा.पोखरेलले बताउनुभयो ।

यस अघि गत फागुन १८ गते पनि रसुवा जिल्लाबाट डेलिगेसन टोली आई यस विषयमा छलफल गरी माग पत्र बुझाइएको थियो । त्यसबेला भएको छलफलअनुसार पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. पोखरेल रसुवा गई विस्थापित परिवारको पुनर्वास गराउनको लागि प्रतिवद्दता व्यक्त गरी विस्थापितलाई पुनर्वास गराउनको लागि सिफारिस गरिएको खाल्टेको भ्रमण समेत गर्नुभएको थियो ।

Comments

comments