प्रशंसामूलक सोधखोज प्रशिक्षण कार्यक्रम

IMG_4723

रसुवा , जेठ २५ गते । समाजमा विद्यमान लैङ्गिक तथा जातिय भेदभाव न्युन गर्ने उद्देश्यले गाउँ गाउँ बाट आएका युवा युवतीहरुले उत्साह जनक रुपमा छलफलमा भाग लिएर समूहगत रुपमा प्रस्तुति गरे । तालिममा मात्र हैन ब्यवहारमा गरेर देखाउने छौं कार्य योजना सहित तयार गरेर उनीहरुले समुदायमा विद्यमान द्धन्द न्युनिकरण गर्ने बताए ।

ब्यक्तिबाट ब्यक्ति बिधिद्धारा द्वन्द न्युनिकरण र लैकि समानताा तथा सामाजिक समावेशीकरण सम्बन्धि नीतिहरु कार्यान्वयनमा सुधार परियोेनजा अन्तर्गत प्रशंसामुलक सोधखोज प्रशिक्षण धुन्चेमा सम्पन्न भयो । तालिममा उत्तरगया गाउँ पालिका ४ का अरुणा क्षेत्रीले भन्नुभयो लैङ्गिक तथा जातिय भेदभाव अन्त्य गर्न किशोर किशोरीहरु लागेका छन् । तालिम पछि अझै गाउँमा यस्ता समस्या न्युन गर्न मद्दत मिलेको छ ।

समूदायमा हुने लैङ्गिक समानता र सामाजिक समावेशीकरण तथा प्रशंसामूलक सोधखोजका लागि तालिममा साविकको धुन्चे र लहरेपौवा गाविसका २५ जना सहभागीहरु प्रशंसामूलक सोधखोज प्रशिक्षण कार्यक्रमम सहभागी रहेका थिए ।

विमन एक्ट र दलित गैर सरकारी संस्था महासंघका कार्यक्षेत्रबाट सहभागीहरुलाई प्रशिक्षक रुपेन्द्र महर्जन र मीना चौलागाईले २० देखि २४ गतेसम्म हुने प्रशंसामूलक सोधखोज प्रशिक्षण कार्यक्रम सहजिकरण गर्नुभयो ।IMG_4719

ईन्हुरेड ईन्टरनेशनलको आयोजनामा युएसएडको आर्थिक तथा द एसिया फाउण्डेसनको प्राबिधिक सहयोगमामा सञ्चालित नेपालमा ब्यक्तिबाट ब्यक्ति बिधिद्धारा द्वन्द न्युनिकरण र लैङ्गिक समानताा तथा सामाजिक समावेशीकरण सम्बन्धि नीतिहरु कार्यान्वयनमा सुधार परियोेनजा अन्तर्गत कार्यक्रम महिला र दलित समूदाय लक्षित कार्यक्रममा प्रशंसामुलक सोधखोज प्रशिक्षण सहभागिता मुलक ढंगले भएको छ । समूदायमा हुने लैङ्गिक समानता र सामाजिक समावेशीकरण तथा प्रशंसामूलक सोधखोजका लागि ५ दिने तालिम आयोजना भएको ईन्हुरेड ईन्टरनेशनलका सुशीला लिम्बुले जानकारी दिनुभयो । कार्यक्रमले अरुको सम्मान र अरुलाई पनि स्वीकार गर्ने तथा समुदायमा विद्यामान द्वन्द न्युनिकरणका उपाय बारे बिभिन्न विषयमा समूहगत छलफल तथा प्रस्तुति भएको थियो ।

Comments

comments