प्रहरी चौकी भवन उद्घाटन

75418250_2502793723337292_142367724796903424_n

रसुवा, मंसिर २ गते । गोसाइकुण्ड गाउँपालिका ५ स्याफ्रुबेसी बजार स्थित प्रहरी चौकी नवनिर्मीत भवनको प्रदेश ३ नम्बर प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतले उद्घाटनगर्नुभयो ।
अस्थायी प्रहरी पोष्ट र प्रहरी चौकीको नवनिर्मित भवनको एक कार्यक्रम उदघाटन गरिएको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक शेरबहादुर बस्नेतले गोसाइकुण्ड गाउँपालिका–६ धुन्चे स्थित अस्थायी प्रहरी पोष्ट र सोही गाउँपालिका ५ स्थित स्याफ्रुबेशी स्थित प्रहरी चौकीको नवनिर्मित भवनको एक कार्यक्रम सोमबार उदघाटन गरेका हुन् ।75418250_2502793723337292_142367724796903424_n
राष्ट्रिय पुननिर्माण प्राधिकरण कोषको सहयोगमा निर्मित उक्त दुई भवन उदघाटन गर्दै नायव महानिरिक्षक बस्नेतले शान्तिपुर्ण समाज निर्माण र कुनैपनि आपराधिक कृयाकलाप हुन नदिइ सबै प्रकारका अपराधहरु नियन्त्रण गरी शान्ति सुरक्षाको व्यवस्था सुदृढ बनाइ राख्न प्रहरी कृयाशिल रहेको बताउनुभयो । कार्यक्रममा गोसाइकुण्ड गाउँपालिकाको उपाध्यक्ष कारग्याल्मो श्रेष्ठले पुर्वाधार युक्त प्रहरी भवन बन्यो तर यो अन्तराष्ट्रिय नाका भएकाले विभिन्न आपराधिक क्रियाकलाय हुन सक्ने भएकाले विभिन्न आपराधिक क्रियाकलाप हुन सक्ने भएकाले यगाउँपालिकाले प्रहरीसंग सहकार्य गरि अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अस्थाई प्रहरी पोष्ट धुन्चेको नवनिर्मित ११ कोठे भएको साढे दुई तल्ले भवन १ करोड ५६ लाख ८२ हजार ८७ रुपैयाँको लागतमा पक्की भवन बनेको हो । त्यसै गरि प्रहरी चौकी स्याफ्रुवेशी नवनिर्मित भवन ७ कोठाको दुई तल्लाको कुल १ करोड ५९ लाख २६ हजार आठ सय ९० रुपैयाँ १४ पैसाको लागतमा सि.एल.कन्स्ट्रक्सन एण्ड सङगीता सप्लायर्सले निर्माण सम्पन्न गरेको हो ।

उदघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी, नेपाली सेनाका प्रमुख सेनानी सर्वेन्द्र नगरकोटी जनप्रतिनिधी, नागरिक समाजका, पत्रकार बुद्धिजिवि समाजसेवी लगायतका विभिन्न सरोकारवालाहरुको उस्थिती रहेको थियो ।

Comments

comments