प्रहरी मेरो साथी कार्यक्रम फैलदै

9

विश्वास नेपाली

4

कालिकास्थान, भदौ १८ । जिल्ला प्रहरी कार्यालय रसुवाले प्रहरी मेरो साथी कार्यक्रमलाई गाउँ गाउँसम्म फैलाउँदै गएको छ । प्रहरी र जनताबीचको सहकार्यमा अभिवृद्धि गरी एक–अर्कामा हातेमालो गर्दै समाजमा घट्न सक्ने अपराधिक क्रियाकलाप, तथा विकृतिहरुलाई नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय रसुवाले यो अभियान गाउँ गाउँसम्म फैलाएको छ । अभियानकै क्रममा भदौ १७ गते सरमथली गाविस ७ पार्च्याङ (थाम्चेत) गौतमबुद्ध माविमा पनि प्रहरी मेरो साथी कार्यक्रमअन्तर्गत स्थानीयसँग छलफल गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक प्रणिन्द्र प्रसाइँले जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, महिला समूहका प्रतिनिधिहरु, बुद्धिजीवि र विद्यार्थीलगायत धेरै सङ्ख्यामा सहभागी भएका थिए । कार्यक्रममा स्थानीयस्तरमा घट्ने घटना र प्रहरीको सहयोग, महिला हिंसा, लैङ्गिक हिंसाबारे चेनतामुलक छलफल भएको थियो ।  यस्तै यसै क्रममा बालबालिकामाथि हुने हिंसा दुव्र्यवहार, घटना र उनीहरुबाट पनि हुन सक्ने घटनाहरु, त्यसको स्थानीयस्तरमा भएको वर्तमान अवस्था र यस्तो घटनाहरु हुँदा रोकथाम कसरी गर्ने भन्ने विषयमा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पनि प्रशिक्षण गरिएको प्रहरी नायव उपरिक्षक प्रसाइँले जानकारी दिनुभयो ।

रसुवामा जिल्ला प्रहरी कार्यालय सबै प्रहरी पोष्ट, इलाका प्रहरी कार्यालयमा समेत प्रहरी मेरो साथी व्यानर राखी जानकारी गराउने, यसबारे अनुशिक्षणहरु गर्ने जस्ता कार्यहरु नियमित गरिरहेको छ । खासगरी यो अभियानले प्रहरी र स्थानीयको सम्बन्ध राम्रो रहने र यसले समाजमा हुने घटनाहरु कम गर्न र विविध सूचनाहरुको आदान–प्रदान गर्नको लागि महत्वपूर्ण भूमिका खेल्ने उपरिक्षक प्रसाईँले बताउनुभयो ।

Comments

comments