प्रहरी मेरो साथी कार्यक्रम सुभारम्भ

police

कालिकास्थान , रसुवा
जिल्लाको दोस्रो सदरमुकामका रुपमा परिचत कालिकास्थान स्थित ईलाका प्रहरी कार्यालयमा नेपाल प्रहरीको नयाँ कार्यक्रम प्रहरी मेरो साथी कार्यक्रमको सुभारम्भ भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी अवदेश विष्टले एक भेलाका बीच उक्त कार्यक्रमको उद्घाटनमा नेपाल प्रहरी नागरिकको साथी भएको आम नागरिकको सुरक्षाका लागि सवैले सहयोग गर्नु पर्ने बताउँनुभयो । यार्सामा भएको कथित बोक्सीको आरोपमा भएको हत्याको घटनमा त्यस स्थानमा प्रहरीको साथी नभएको बताउँदै उहाँले समाजमा जन्मने अपराध समाजलेने न्युनिकरण गर्न महत्वपुर्ण भूमिका रहने बताउनुभयो ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी दिपक केसीले विद्यमान परिपाटीले पीडितलाई तत्कालै उचित पर्याप्त न्याय दिन सक्ने अवस्था नभएको बताउँदै अपराध न्युनिकरण गर्न प्रहरी मेरो साथी कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । नेपालमा २०१२ सालमा स्थापना भएको प्रहरी संगठनको मुख्य काम अपराध नियन्त्रण, सामजिक सुरक्षा र अपराधरधिक घटनाको प्रमाण मुखी अनुशन्धान तथा कारवाही रहेको बताउँनुभयो ।

कार्यक्रममा कालिकास्थान प्रहरी चौकी ईन्चार्ज श्रीशंकर श्रेष्ठ, नयाँ शक्ति नेपालका खिलबहादुर न्यौपाने, नेकपा माओवादी केन्द्रका माधब लामिछाने, नागरिक समाजका बाबुलाल तामाङ, महिला अधिकार मञ्चका मीठू तामाङ, स्थानीय युवा रेबकुमार पौडेल, महिला कानुन न्याय मञ्चका सरस्वती अधिकारीलगायतका प्रतिनिधीहरुले कार्यक्रम बारे आफ्नो धारणा ब्यक्त गरेका थिए ।

police my friend

Comments

comments