प्रहरी सेवाबारे नागरिक सुनुवाई

DSCN0169

६ फागुन, बेत्रावती रसुवा, । जिल्ला प्रहरी कार्यालय रसुवाको आयोजनामा विहीबार सीमा प्रहरी पोष्ट बेत्रावतीमा नागरिक सुनुवाई कार्यक्रम भयो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख डिएसपी अवधेश विष्ट, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, गाविस सचिव, नागरिक समाजका प्रतिनिधिहरु, सञ्चारकर्मी र स्थानीयबासीहरुको सहभागिताको रहेको थियो ।

नागरिक सुनुवाई कार्यक्रममा मुख्यत बेत्रावती प्रहरी पोष्ट र समग्र जिल्लामा प्रहरी र नागरिक सेवाबीच रहेको सम्बन्धबारे छलफल गरी सुधार गर्नुपर्ने पक्षमा पृष्ठपोषण लिने र भविष्यमा सुधार गर्दै जाने उद्देश्यका साथ नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको डिएसपी अवधेश विष्टले बताउनुभयो । नागरिक सुनुवाई कार्यक्रममा अधिकाशं सहभागीहरूले भूकम्पले पारेको क्षति र पुनर्निर्माणमा राजनीतिक दल र सरकारले सहयोग नगरेको गुनासो गरेका थिए ।

DSCN0150
बेत्रावतीका स्थानीयबासीले बेत्रावती चौकीमा सवारी साधान नभएकाले प्रहरीले भनेजती सेवा दिन नसकेको सवाल उठाउँदै यथासक्य चाडो जिल्ला प्रहरी कार्यालयले सोको व्यवस्थापन गरिदिन माग राखेका छन् ।

प्रहरी प्रमुख डिएसपी विष्टले शान्ति सुरक्षा प्रमुख पक्ष भएकाले घर–घर र टोल–टोलमा शान्ति सुरक्षा कायम गराउनको लागि नेपाल प्रहरी सदैव तयार रहेको बताउनुभयो । नेपाल प्रहरीको एक्लो प्रयासले मात्र शान्ति सुरक्षा कायम गराउन, समाजमा हिंसा कम गराउन सफल नहुने भएकाले सबैले उत्तिकै सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।

Comments

comments