प्राङगारिक तरकारी बारे खेती तालिम सम्पन्न

69449598_376994559885537_3921790841919635456_n (1)

रसुवा, उत्तरगया र नौकुण्ड गाँउपालिका रसुवामा DFID र Mott MacDonald को आर्थिक तथाप्राविधिक सहयोगमा संञ्चालित CDC HOPE Consortium परियोजनाले उत्तरगया गाँउपालिकाको –  १ वाहेक सवै १० वटा वडाहरुमा ३ दिने  प्राङगारिक तरकारी खेती बारे तालिम सम्पन्न भयाे । एकल महिला, जेष्ठ नागरीक, आपाङगता, आन्तरिक विस्तापित र अति विपन्न समूदायका व्याक्तीहरुका लागि जिविकोपार्जनमा टेवा पुर्यारउने उद्देश्यले आधुनिक वजारको माग र पर्यावरण सन्तुलन र उपभोक्ताहरुको स्वास्थ्यका लागि समेत सकारात्मक प्रभाव बनाउदै लक्षित वर्गको जीवन स्तरमा सुधार ल्याउनका लागि यस कार्यक्रम संञ्चालन गरिएको हाे ।

आयोजक संस्था सामूदायिक तथा ग्रामीण विकास समाज नेपाल (कार्डसन) का जिविकोपार्जन संयोजक श्याम पौडेलले वताए । सहभागीहरूलाई विभिन्न ८ प्रकारका तरकारी बीउ वितरण गरी सम्पन्न गरिएको उक्त कार्यक्रममा सहभागीहरु मध्येका उत्तरगया – २ का सहभागी मध्येका एकल महिलाको प्रतिनिधित्व गर्ने लक्ष्मी गुरुङले तालिमले आफुहरूले प्राङ्गाररिक तरकारी खेती सम्वन्धी धेरै ज्ञान पाएको वताए । तालिममा जैविक झोल मल , कम्पोष्ट मल वनाउने, विभिन्न जातका तरकारीहरू लगाउदा माटो तयार तथा गोडमेल, सम्भावित रोग किरा नियन्त्रण जस्ता कुराहरूको राम्रो ज्ञान पाएको र सो कुरा व्यवहारमा लागू गरी परिवारलाई  प्राङ्गाररिक तरकारी खुवाउने र वजारमा समेत विक्री गर्ने योजना रहेको बताइन् ।

उत्तरगाया -४ का वडा अध्यक्ष केशरवहादुर वुलुनले यस तालिमवाट छनौट भएका सहभागीहरु संकटासन्न वर्गभएकाले र स्थानीय सरकारको समेत  समूदायको जिविकोपार्जनमा टेवा पुर्याउन कार्यक्रममा आशा परियोजनाले समेत सहयोग गरिरहेकाले  स्थानीय सरकाले परियोजनासँग मिलेर काम गर्ने वताए ।69449598_376994559885537_3921790841919635456_n

तालिमबाट दुवै गाँउपालिकामा हालसम्म १ सय ९९ सहभागि लाभान्वित भएका छन् । कार्यक्रममा प्राविधिक सहजिकरण गाँउपालिकाका कृषि शाखाका प्राविधिकहरूले गरेका थिए । परियोजनाले एक वडा एक नमुना बहुउद्देश्यीय नर्सरी स्थापना गर्नका लागि सहभागीहरू मध्येवाट प्रत्येक वडामा एक जना सहभागीलाई थप सहयोग गर्ने योजना रहेको जिविकोपार्जन संयोजक पौडेलले वताए ।

Comments

comments