प्राथमिक उपचार तालिम

विद्यालयका शिक्षकहरुलाई प्राथमिक उपचार सम्बन्धमा जानकारी दिई एक घर एक प्राथमिक उपचारक अभियान अन्तर्गत नादेम सेन्टरको आयोजना तथा करुण सेचनको सहयोगमा एडभान्स फस्ट एड तालिम सम्पन्न भयो ।

कालिका गाउँपालिकाका सवै विद्यालयका एक एक जना शिक्षक गरी २० र नौकुण्ड गाउँपालिको २ जना गरी २२ जना जना सहभागी रहेका थिए । शिक्षकहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिएर समुदायमा कम्तीमा पनि १ सय जनालाई उनीहरुले तालिम दिने र कुनै पनि घटनमा प्राथमिक उपचार अभावले ज्यान गुमाउनु नपरोस भनेर दुर्गम गाउँहरुमा तालिम आयोजना गरिरहेको नादेम सेन्टरका डा रमेश कुमार महर्जनले बताए ।

त्रिबि शिक्षण अस्पतालमा लामो समयदेखि कार्यरत ईमरजेन्सी डा महर्जनले सहजिकरण गरेर रसुवाको चिलिमे , राम्चे, यार्सा, ठूलोगाउँ, बोगटीटारलागतयका स्थानमा महिला स्वाथ्य स्वयमसेविका , शिक्षक, एम्बुलेन्स चालकहरुलाई बिभिन्न चरणमा एडभान्स फस्टएडर तालिम दिएको डा महर्जनले बताए ।

Comments

comments