प्रेस चौतारी रसुवाको अध्यक्षमा पुनः बलराम

Press Chautari Nepal

रसुवा, प्रेस चौतारी नेपाल रसुवाको अध्यक्षमा पुनः बलराम घिमिरे चयन भएका छन् । सदरमुकाम धुन्चेमा बिहीबार सम्पन्न तेस्रो जिल्ला अधिबेसनबाट घिमिरेको अध्यक्षतामा ११ सदस्य रहेकाे जिल्ला कमिटी निर्विरोध चयन भएको हो ।271433720_1831827826987695_5965412931334837348_n

समृद्ध नेपाल निर्माणका लागि  सवल श्रमजिवी पत्रकार, प्रेस स्वतन्त्रता व्यवसायिक पत्रकार भन्ने नाराका साथ सम्पन्न अधिवेशनबाट चयन भएकाे कमिटीका उपाध्यक्षमा महेश्वर गजुरेल, सचिवमा विजया तिवारी, सह–सचिवमा सरस्वती ढकाल अधिकारी, कोषाध्यक्षमा सरस्वती न्यौपाने चयन भएका छन् । यसैगरी सदस्यहरूमा अशोककुमार तामाङ, सोममाया तामाङ, विन्दुकुमारी तितुङ, शोभा तामाङ, मञ्जु तामाङ र दावाकर्मो लोप्चन चयन भएका छन् । अधिवेशनमा नेकपा एमाले जिल्ला अध्यक्ष कर्न्याल लामा, नेपाल पत्रकार महासंघ, फाेनिज, प्रेस युनियन प्रतिनिधिले शुभकामना दिएका थिए ।

नेकपा प्रचार बिभाग प्रमुख पेम्पा तामाङ, नेताहरू छाेवाङतेन्जिन तामाङ, अशाेक घिमिरे प्रेस चाैतारी केन्द्रीय सदस्य हेमनाथ खतिवडा, विस्वास नेपालीलगायत जनप्रतिनिधि तथा नेताहरू सहभागी थिए । बन्दसत्रमा छलफल पछि प्रेस चौतारीकाे सर्वसम्मत नेतृत्व चयन भएकाे अध्यक्ष मण्डलका सदस्य तथा नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य नारायणप्रसाद पाैडेलले बताउनुभयाे ।Press Chautari Nepal

Comments

comments