प्रेस स्वतन्त्रताको सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय मानव अधिकारको सम्मान गर्न इन्सेकद्दारा माग

Insec-Logo H

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अझैपनि नेपालमा प्रेस स्वतन्त्रताको हनन् कायम नै रहेकोमा चिन्ता व्यक्त गरेको छ । इन्सेकका बागमती प्रदेश संयोजक कृष्ण गौतमद्वारा जारी विज्ञप्तिमा कोरोना संक्रमणको विषम परिस्थितिमा विश्व प्रेस स्वतन्त्रता दिवसको दिन पनि पत्रकारहरूले आफै पीडित भएको आवाज उठाउनु परेको भन्दै चिन्ता व्यक्त गरेको हो ।

अहिलेको विषम परिस्थितिमा विश्वभर ‘भय र पक्षधरता मुक्त पत्रकारिता’ भन्ने नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस २०२० भव्यताका साथ मनाउनु पर्ने अहिलेको क्षणमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको एक महिना भन्दा लामो लकडाउन, सामाजिक दुरी कायम राखेर गर्नु पर्ने समाचार सम्प्रेषणको संकटको घडीमा पत्रकार भौतिकरुपमा असुरक्षित भएको विज्ञप्तिमा उल्लेख छ ।
साथै, सञ्चार गृहले नियमित पारिश्रमिक उपलब्ध नगराउँदा आर्थिक रूपमा पनि पत्रकारले आफूलाई सुरक्षित गर्नसक्ने अवस्था नरहेको बताइएको छ । लकडाउनका कारण आर्थिक गतिविधि बन्द हुँदा विभिन्न सञ्चारमाध्यम तथा जिल्लाबाट प्रकाशन हुने पत्रपत्रिकाको प्रकाशनसमेत बन्द भएको विज्ञप्तिमा ननाइएको छ । बागमती प्रदेशमा लकडाउनको अवस्थामा पनि कहिँ प्रहरी प्रशासनले, कहिँ जनप्रतिनिधि त कहिँ जिम्मेवार निकायले समाचार सङ्कलनका लागि कार्यस्थलमा खटिँदा पत्रकारलाई धम्की दिने, गिरफ्तार गर्ने लगायतका गतिविधि गरेको भन्दै इन्सेकले आपत्ति जनाएको छ ।

यस्तो अबस्थामा पनि सञ्चार गृहले नियमित पारिश्रमिक उपलब्ध नगराउँदा आर्थिक रूपमा पनि पत्रकारले आफूलाई सुरक्षित गर्नसक्ने अवस्था नरहेको र लकडाउनका कारण आर्थिक गतिविधि बन्द हुँदा विभिन्न सञ्चारमाध्यम तथा जिल्लाबाट प्रकाशन हुने पत्रपत्रिकाको प्रकाशन अझै हुन नसकेकोमा चिन्ता व्यक्त गरेको छ ।

बागमती प्रदेशमा यहि लकडाउनको अवस्थामा पनि कहिँ प्रहरी प्रशासनले, कहिँ जनप्रतिनिधि त कहिँ जिम्मेवार निकायले समाचार संकलनका लागि कार्यस्थलमा खटिँदा पत्रकारहरूलाई धम्की दिने, गिरफ्तार गर्नेलगायतका गतिविधि भएको पाइएको जनाउदै समाचार लेखेको, सम्प्रेषण तथा प्रकाशन भएकै कारण पत्रकारलाई चितवन, सिन्धुली, ललितपुर, काठमाडौँलगायतका जिल्लामा मुद्दा दायर भएको, धम्की तथा दुर्व्यवहार भएका घटनाप्रति आपत्ति समेत जनाएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा संविधानप्रदत्त नागरिकको सूचनाको हक उपभोगको लागि अभिव्यक्ति स्वतन्त्रताका सम्वाहक पत्रकारमाथि भएको गिरफ्तारी, कटपिट, धम्की तथा दुर्व्यवहारको इन्सेक दुःख व्यक्त गर्दै नेपालको संविधान २०७२ र अन्तर्राष्ट्रिय मानव अधिकारको सम्मान गर्न सबै पक्षमा आग्रह गरेको छ ।

Comments

comments