प्लाष्टिक मुक्त अभियन सुरू

86493583_195320808198159_8874936024623480832_n

रसुवा, जिल्लालाई प्लाष्टिक जज्य फोहोर मुक्त गर्ने उद्देश्यले बोत्तल संकलन तथा प्लाष्टिकको घर निर्माण गरी प्रदर्शन गरिएको छ ।
दिगो विकासका लागि साँझेदारी नेपाल नामक संस्थाको फोहोरको रुपमा जथाभावी फालिएको फोहोर प्लाष्टिकका बोत्तल संकलन गरेर नमुनाको रुपमा प्लाष्टिकको घर बनाएको संस्थाका स्वयमसेवक बिनोद लामिछानेले बताउनुभयो ।87051609_228117968316165_8588093146246676480_n

प्लाष्टिक मुक्त अभियन ब्रिटिस भोलेन्टियर स्यामुल जोनको सहयोगमा काम भएको संस्थाका निर्देशक बिष्णु भट्टले जानकारी दिनुभयो । गोसाँईकुण्ड गाउँपालिकामा वडा नं ५ स्थित तिवारीमा निर्माण प्लाष्टिककोबाट नमुना प्रर्दशन गर्न तयार गरिएको घर । संस्थाले रसुवाको लाङटाङबाट प्रति बोत्तल १ रुपियाँ र स्याफ्रबेशी, धुन्चे, कालिकास्थान, बेत्रावती र नुवाकोटको ढुङ्गेबाट प्रतिकिलो ३५ रुपियाँका दरले प्लाष्टिकका बोत्तल संकलन गरी पोखरा लैजाने गरेको छ ।

87052861_199181274525567_3706572556157845504_n

प्लाष्टिक रिमुभव कार्यक्रम अन्तर्गत लामो समयसम्म माटोमा नगल्ने र वातावरण बिगार्ने हुनाले फोहोरको रुपमा रहेको प्लाष्टिक संकलन गरेर रसुवामै ताप दिएर थिचेर सानो आकार दिने मेसिन समेन राख्न लागेको लामिछानेले भन्नुभयो “स्थानीय तहमा समन्वय र छलफल गरी वातावरण प्रदुषणबाट जोगाउन प्रयास गर्नेछौं।” स्वच्छ वातावरण तयार गरी पर्यटकीय क्षेत्रका रुपमा अघि बढेको रसुवाका बिभिन्न बस्तीलाई प्लाष्टिक मुक्त गर्ने अभियनमा सहयोग गर्न संस्थाले सवैसँग अपिल गमेत गरेको छ ।

तस्वीर : गासाइकुण्ड गाउँपालिकाको तिवारीमा खेरजाने प्लाष्टिकको घर निर्माण गरी प्रदर्शन

Comments

comments