फेसबुकमा मृत्युको खबर आएपछि रसुवा बन्द

Chitraman

रसुवा । ०७४ चैत २७ गते । उत्तरगया गाउँ पालिका ५ स्थित ट्रिनिट्री आवासिय विद्यालयका सञ्चालक २९ वर्षिय चित्रमान डंगोल ०७४ चैत १५ गतेदेखि हराएकोमा उनकै फेसबुकमा मृत्युको खबर पोष्ट भएपछि आफन्तले दवाव दिन अाज रसुवा बन्द गराएका छन् ।

टिमुरे जाने भनेर निस्केको स्याफ्रुमा छु भनेर १५ गते फोन गरेपछि हराएकोले खोजी गरिदिन गरिदिन चैत १८ गते जिल्ला प्रहरी कार्यालयमा लक्ष्मी निवेदन दिई पत्रकार तथा मानवअधिकारकर्मीसँग समेत खोजीमा सहयोग गरिदिन आग्रह गरेकी थिईन् ।

चित्रमानका दाजु नेत्रमानले प्रहरीले अनुशन्धान तथा खोज समयमै गरेर यथार्थ जानकारी दिन ढिलाई भएकोले बन्दको आयोजना गरेको बताउनुभयो । रसुवा नुवाकोट सिमाना बेत्रावतीमा बसेर आवत जावत रोक लगाएपछि जिल्लामा सवारी बन्द गराएका थिए । स्थानीय तह र शुरक्षा निकायले घटना बारे अनुशन्धान थालनी गर्ने भएपछि दिउसो २ बजेबन्द आयोजकले फिर्ता लिएका थिए ।

लक्ष्मीले रुदै भनीन् “ सपना जस्तौ भएको छ , मोवाईल अफ रहेको छ ” खोजी कार्य गरेर सहयोग गर्नुहोला । सवैअधिकारकर्मीहरुसँग उनले अनुरोध गरिन । यस अघिदेखि नै धम्की दिने गरेकोले अपहरण भएको आशंका गरिएकोले किटानी समेत जोहेरी भएको छ । खोजी कार्य जारी रहेपनि हालसम्म केही पत्ता नलागेको चित्रमानका दाई नेत्रमान डंगोलले बताए । डंगोलको आफ्नै सामाजिक संजाल फेसबुकमा लासको तस्वीर पोष्ट भएको देखिएपछि स्थानीय तहमा पनि निकै खैलाबैला चलेको छ । उक्त तस्वीर भने ६ महिना पहिले नै सामाजिक संजालमा आएको र पुन पोष्ट भएको प्रहरीले जनाएको छ ।

तस्वीर : नाबालक छोरी र  पत्नीसँग चित्रमान डंगोलको

Comments

comments