बँदेल, बाँदर बन्यजन्तुले किसान हैरानी

IMG_6520

हेमनाथ खतिवडा
रसुवा, असोज १७ गते । रसुवा जिल्लाको पाँचवटै गाउँपालिकामा किसानहरु वन्यजन्तुबाट सस्ती खेप्न बाध्य छन् । वन्यजन्त्ले खेती नष्ट गर्नाले जमिन बाँझो राख्ने बढेको छ ।

जिल्लाको गोसाईकुण्डको थुमन, ठूलोस्याफ्रु, ब्राबल, आमाछोदिङमो गाउँपालिका मात्र नभई जिल्लका पाँच गाउँपालिका खेती वाली नष्ट गरेर वन्यजन्तुको प्रभाव परेको छ । सामुदायिक विकास केन्द्रले आयोजना गरेको साझा सभा कार्यक्रममा बाँदरले खेतीमात्र नभई मानिसमाथि पनि संगठित रुपमा घेरा हल्न थालेको उत्तरगया गाउँपालिका वडा नं.४ का ५२ वर्षिय कृष्णप्रसाद आचार्यले बताउँनुभयो । पहिले जंगजमा बाँदरको आहारा प्रसस्त पाईथ्यो अहिले जंगलमा खानेकुरा नपाउने र गाउँमा पनि बोट बिरुवा हुर्केर जंगल जस्तै भएकोले बाँदर गाउँमा पसेको बताउँनुभयो । आचार्यले ‘भन्नुभयो बाँदरले घेरा हालेर मार्न खोज्यो म बारीमा घाँस काट्न गएको थिए साथमा खुर्पा थियो र आफ्नो ज्यान मुस्लिले बचाए भागें अब एक्लै गाउँमा पनि हिड्न नसक्ने भयो । ’

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ब्राबलका ढिण्डुप तामाङको कृषिको राम्रो सम्भावना भए पनि ब्राबलमा खेती लगाउन सकिने अवस्था नभएको बताउँनुभयो । किनभने जंगल नजिकैको बस्ती रहेकाले त्यहाँ हरेक दिन कुनै न कुनै जनावर पसेर खेती बाली सखाप पार्ने गर्छन् । सो क्षेत्रमा सबैभन्दा बढी बाँदर, बँदेल, मृगको आतंक छ ।

नौकुण्ड गाउँपालिकाको आरुखर्कमा गत महिना भालुको आक्रमणमा परेर तीनजना गम्भीर घाइते छन् । जंगली जनावर भालु, मृग, घोरल, बाँदरले खेतीबाली नष्ट गर्ने गरेको नौकुण्ड गाउँपालिका उपाध्यक्ष सिर्जना लामाले बताउँनुभयो । भालुको आक्रमणबाट ३ जना घाईते उपचाररत छन् । गाउँमा विद्युतीय घेराबार लगाइएको थियो,’ उहाँले भन्नुभयो, ‘यसले पनि खासै काम गरेन ।’ बाँदरले तारबार नाघेर बाली खान्छ । विद्युतीय घेराबारमा विद्युत भोल्टेज नपुग्दा जनावर भित्र पस्न थालेका छन् ।

उनीहरु अहिले बीर अस्पताल उपचाररत छन् । त्यसै गरी आमाछोदिङमो गाउँपालिकामा एक महिला भालुको आक्रमणमा परेर घाईते हुनुभयो । घरभित्र राखिएको अन्नसमेत बाँदरले क्षति गरेपछि कृषक समाधानको खोजीमा छन् । कृषि गर्नुको विकल्प छैन,’ स्थानीय निमा लामाले भन्नुभयो , ‘कि त बस्ती नै छोडेर हिँड्नुप¥यो ।’ सरकारको जग्गा बाँझो राख्न नदिने नीतिलाई बाँदर आतंकका कारण चुनौती सिर्जना भएको कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले भन्नुभयो मानव वन्यजन्तुबीच द्वन्द्ध बढ्दै जान थालेपछि समस्या समाधानका लागि संवाद समूह रसुवाले जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेको हो । समूहले यसअघि जिल्लाको उत्तरगया गाउँपालिका र गोसाइँकुण्ड गाउँपालिकाका स्थानीयसँग छलफल गरेको थियो ।

वन्यजन्तु पीडितसँग गरिएको छलफलबाट आएको सवालमा केन्द्रित रहेर जिल्ला तहमा छलफल गरिएको हो । जिल्लाको नौकुण्ड गाउँपालिका उपाध्यक्ष सिर्जना लामाले यसको समाधानका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज र गाउँपालिकाबीच समन्वय गरेर स्थायी समाधान खोजी हुनुपर्ने बताउनभयो । ‘भालुले आक्रमण ग¥यो भनेर गाउँपालिकामा निवदेन आउने क्रम बढेको छ,’ उहाँले भन्नुभयो । मानव वन्यजन्तु सहअस्तित्व विषयमा संबाद समुहले धुन्चेमा गरेको छलफल पछि नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ भन्नुभयो ‘खेत बारी बाँझ रहन थालेकोले चिन्ताको विषय भएको हो ।

बिपल्पको लागि निकुञ्ज र सरकोकारवालाहरुले नीतिगत रुपमै समयाको हल खोज्नु गर्छ ।’ गोसाइँकुण्ड गाउँपालिका ५ ब्राबलका ढिण्डुप लामाले भन्नुभयो । गाउँमा दुम्सी, बाँदर, मृग, भालु, बँदेल, जस्ता वन्यजन्तुले बालीनाली खाने, नष्ट पार्ने गरेपछि स्थानीयहरूमा चिन्तामा छन् । वन्यजन्तुलाई हानी पुग्ने कुनै पनि गतिविधि गर्न नपाइने र यसको संरक्षण गर्नुपर्ने भएपनि वन्यजन्तुले नै मानव जीवनलाई प्रभावित बनाइरहेको उहाँले सुनाउनुभयो । बाँदर, बँदेल तथा मृगका कारण मानव चाँही भोकै वस्नुपर्ने अवस्था सिर्जना भएको छ । वन्यजन्तु पीडित किसानलाई राहत बितरण पनि गरेको छ । ०७५ मा भालुको आक्रमणबाट एकजनाको मृत्यु परिवारले १ लाख राहत पाएका थिए । निकुञ्जले राहत तथा क्षतिपुर्ति दिने बारे सूचना पाउन थालेपछि विवेदनको ओइरो लागेको छ । यसवर्ष २ सय बढि नेवेदन दर्ता उत्तरगयामा १३ जना र कालिकामा ७ जनालाई राहत राहत दिएको कालिकास्थान पोष्टका रेन्जर मिलन सापकोटाले बताउनुभयो ।

सरकारले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, निर्देशिका परिमार्जन गरी मानवीय, पशुधन, घरगोठ, भण्डारण गरेको अन्न र खाद्यान्न बालीको क्षतिका लागि राहत दिने व्यवस्था छ । वन्यजन्तबाट हुने क्षतिको राहत पाउने कुरा थाहा पाएपछि निवेदन दिनेको सङ्ख्या बढ्दै गएको लाङटाङ राष्ट्रिय निकञ्जकी प्रमुख संरक्षण अधिकृत सष्मा रानाले बताउनुभयो । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्दे्शिका, २०६९ (दोस्रो संशोधन २०७४) अनुसार राहत वितरण गर्ने काम भइरहेको छ । ‘वन्यजन्तुले क्षति गरेअनुसार क्षतिपूर्ति दिन सकिँदैन,’ प्रमुख रानाले भन्नुभयो । ‘सहयोगस्वरूप राहत दिएका हौं।’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको राहत अक्षयकोषको ब्याजबाट राहत वितरण गरिएको निकुञ्जले जानकारी दिएको छ ।

हात्ती, गैंडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, जंगली बँदेल, ध्वाँसे चितुवा, जंगली कुकुर, अर्ना, मगर गोही, गौरी गाई र अजिंगरले क्षति गरेमा राहत पाउने निर्दे्शिकामा व्यवस्था छ। सामान्य घाइतेलाई २० हजार र सख्त घाइतेका लागि प्रकृति हेरी प्रेषित कागजात र विशेषज्ञ चिकित्सकको सिफारिसका आधारमा बढीमा दई लाखसम्मको उपचार खर्च दिने व्यवस्था रहेको छ ।

Comments

comments