बजेट प्रक्षेपण गर्दै रसुवाका स्थानीय तह

cropped-lantang-logo-1.png

रसुवा, असार १० गते । जिल्लाका पाँचवटै गाउँपालिकाले आगामी आर्थिकवर्ष ०७६/०७७ का बजेट प्रक्षेपण गरेका छन् । स्थानीय तहले आव ०७५/०७६ का लागि विनियोजन गरेको बजेट  खर्च गर्दैछन् । रसुवाको पाँच ओटा गाउँपालिकाले बजेट, नीति तथा कार्यक्रम गाउँ सभामा पेस गरेका छन् ।

संघीय सरकार अर्थ मन्त्रालयले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत प्रदेश तथा स्थानीय तहलाई अन्तर सरकारी बित्त ब्यवस्थापन ऐन २०७४ को दफा २१ को उपदफा ३ अनुरुप प्रत्येकवर्ष असार १० गते आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान गाउँसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।

उत्तरी क्षेत्रमा पर्ने आमाछोदिङमो गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि संघीय सरकार ससर्त अनुदान ५ क ९७ लाख, संघीय समानीकरण अनुादन ६ क ७६ लाख, सामाजिक सुरक्षा अनुदान १ क ३० लाख , प्रदेश समानीकरण अनुदान ९८ लाख ६५ हजार, प्रदेश राजश्व बाडफाँड ७५ लाख ५१ हजार , संघीय सरकार राजस्व बाँडफाडबाट ४ करोड ५८ लाख ५४हजार १ सय १६ रुपियाँ र अन्तरिक स्रोत १८ लाख ६९ हजार ७ सय ५० गरी कुल २० करोड ५३ लाख ३९ हजार ९ सय ६६ रुपियाँ रहेको छ ।

त्यसैगरी उत्तरगया गाउँपालिकाका सूचना अधिकारी उत्सव पौडेलका अनुसार आज बन्दका कारण बैठक भएन भोलीमात्र बैठक हुन्छ अनि मात्र सार्वजनिक हुने उहाँले बताउनुभयो । उहाँका अनुसार उत्तरगया गाउँपालिका २४ करोड ११ लाख ९ हजार रुपियाँ अनुमानित आय प्रक्षेपण गरेको छ । पुँजीगत ८ करोड ८० लाख, चालु तर्फ ५ करोड रुपियाँ रहेको छ ।

त्यसैगरी कालिका गाउँपालिका स्थानीय तहले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि आन्तरिक आयबाट प्राप्त हुने ३५ लाख रुपियाँ, संघीय सरकरको बित्तिय समानीकरण ८ करोड २० लाख रुपियाँ, संघीय सरकार राजश्व बाँडफाँड ३ करोड ८४ लाख २४ हजार ३ सय ९९, संघीय सरकारको ससर्त अनुदान ९ करोड ८५ लाख रुपियाँ, प्रदेश सरकर बित्तय समानीकरण अनुदान ९९ लाख २६ हजार रुपियाँ , प्रदेश सरकार राजश्व बाँडफाँडबाट ७६ लाख २४ हजार, प्रदेश सरकारको ससर्त अनुदान ६४ लाख ७० हजार प्रक्षेपण गरिएको कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपनेले बताउनुभयो ।

संघीय र प्रदेश संचित कोष अल्या हुने रकम २ करोड १० लाख रहेको छ । कालिका गाउँपालिकाको कुल बजेट २६ करोड २४ लाख ९४ हजार ३९९रुपियाँ प्रक्षेपण भएको उपाध्यक्ष न्यौैपानेले बताउनुभायो । बित्तिय समानीकरण अनुदान १५ करोड ५७ लाख २४ हजार ३ सय ९९, ससर्त अनुदान १० करोड ४९ लाख ७० हजार रहेको छ ।

त्यसैगरी नौकुण्ड गाउँपालिकाे आयतर्फ गतवर्षको अल्या १ करोड, आन्तिरक राजश्व २५ लाख, संघीय सरकारको राजश्व बााडफााडबाट ५ करोड १४ लाख, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट६१ लाख २१ हजार , संघीय सरकारबाट बित्तिय समानीकरण अनुदान ८ करोड ५२ लाख, प्रदेश सरकारबाट बित्तिय समानीकरण अनुदान ९९ लाख २३ हजार, संघीय सरकारको सर्सत अनुदान ९ करोड ७१ लाख, प्रदेश सरकारको सर्सत अनुदान २० लाख ८८ हजार गरी जम्मा आय २६ लाख करोड ४६ लाख ३२ हजार रुयैया आय अनुमान रहेको छ ।

चालुखर्चतर्फ ४ करोड ५२ लाख ४० हजार ७ सय ५०, विषयगत शाखा ससर्त अनुदान ९ करोड ९१ लाख ८८ हजार, विषयगत खर्च १२ करोड २ लाख ५ हजार २ सय ५० रुपियाँ रहेको उपाध्यक्ष सिर्जजा लामाले बताउँनुभयो ।

त्यसैगरी गोसाकुण्ड गाउँपालिकाले समयमै बजेको प्रक्षेपण गर्न सकेन बैठकमै व्यस्त रहेकोले १४ गतेमात्र हुने सूचना अधिकारी अर्जुन डोटेलले बताउँनुभयो । बजेट धेरै फ्रिज हुने देखिएपनि अहिले कति रकम फ्रिज हुन्छ भन्ने बारे जानकारी आएको छैन  । बिभिन्न योजनाको भुक्तानी हुने क्रममा रहेको गाउँपालिकाले जनाएका छन् ।

Comments

comments