बनुवाडाडाँ नजिकै पहिराे जाँदा पासाङ ल्हामुमार्ग अवरूद्ध, धेरै खेती बगायाे

298766440_802631731118216_5349898937553165218_n

रसुवा, साउन २५ गते । गएराती २ बजेपछि परेकाे अविरल बर्षाका कारण उत्तरगया गाउँपालिका वडा नं ५ बनुवाडाडाँ नजिकै पहिराे जाँदा पासाङ ल्हामुमार्ग अवरुद्ध भएकाे छ । बेत्रावती–कालिकास्थान पक्की खण्डकाे सडक बनुवा निजकै पहिरोले सडक खसेपछि सवारी सञ्चालन रोकिएको हो ।

पहिरो सडक वरुद्ध हुने गरी गएको पहिरो पन्छाउने काम छिट्टै हुने प्रमुख जिल्ला अधिकारी नवराज जैशीले बताउनुभयाे । साे क्षेत्रमा बिहान सुरक्षा प्रमुखलगायत स्थानीय जनप्रतिनिधिहरूले अनुगमन गरेका थिए । पहिरोका कारण सवारी साधन प्रवेषमा समस्या हुने र गोसाईकुण्डमा लाग्ने जनैपूर्णिमा मेलामा आउने तीर्थलु भक्तजनहरुलाई असरपर्ने हुदाँ सो पहिरोलाई छिटो खोल्नु पर्ने स्थानीयकाे माग छ ।

पहिराेले मानविय क्षती नभएपनि ठूलाे सम्पत्ती क्षति भएकाे छ । पहिराेले कृषि उत्पादन हुने सिम, नाैविसे क्षेत्रमा धेरै धान खेतमा क्षति पुगेकाे छ । बनुवाबाट खसेकाे पहिराे नाैबिसेफाँट र बस्तीबाट त्रिशूली नदिमा पुगेकाे छ । ठूलाे वर्षात भएकाे र चट्याङ समेत परेकाेले राती ठूलाे आवाज आएकाे स्थानीय ध्रुव आचार्यले बताउनुभयाे । नाैविसे बस्तीमा हिलाे पसेर घरमा असर परेकाे छ ।

बैकल्पिक मार्ग खुल्याे ः बैकल्पिक मार्गको रुपमा बेत्रावती माथिकाे जंगल पालेकाे वनबाट तारुके हुँदै कालिका गाउँपालिका ३ काे धारापनी नजिकै  पासाङ ल्हामुमार्गमा जाेडिने छ । यस मार्ग भएर गोसाईकुण्डमा लाग्ने जनैपूर्णिमा मेलामा आउने तीर्थलु भक्तजनहरुलाई सहज हुने भएकाे छ ।

Comments

comments