रसुवाका सर्जक फुर्पा तामाङ प्रकृतिसँग रमाउछन् । हुनत प्रकृतिका देनहरु कस्लाई मन पर्दैन र हामी आफु पनि प्रकृतिकै काखमा बाँचिरहेका छौं । लेखककै शब्द र तस्वीर
लाली गुराँस फुल्दा
मै फुले झैं लाग्छ
वनैभरि फुल्दा
हामी सबै फुले झैं लाग्छ
हेर्याे वन रमाइलाे
साेच्याे मन रमाइलाे
रसुवाकाे लेकभरि
गुरासैं गुराँसकाे वन
फूल हेर्याे खुसीले भर्छ मन
म किन भनुँ?
मेराे रसुवा राम्राे छ
हजुर स्वयम् अाई हेर्नू हाेला
रसुवा घुम्ने निम्ताे छ।।
फुर्पा तामाङ