बरु शालिक नबनाऊ

phurpa Tamang 2012

फुर्पा तमाङ

स्व. भीमलाल हिराचनकाे शालिक हाे याे।रसुवा जिल्लाकाे सदरमुकाम धुन्चेकाे मुख्य बजारबाट अलिकति उकालाे चढेपछि शालिक देख्न सकिन्छ। जिविस, सिडिअाे कार्यालय, अदालत, अस्पताल अादि कार्यालय जानेले याे शालिक देख्न सकिन्छ।अनि बिगत थाहा भएकाहरुलाई शालिककाे दुर्दशा देखेपछि मन खिन्न हुन्छ।दु:ख लाग्छ।र, साेच्न बाध्य हुन्छ कि जिउँदाे छँदा देवतालाई जति पुज्ने, अादर गर्ने र गुनगान गर्नेहरुले व्यक्ति मरेपछि यसरी बिर्सिदिँदाे रहेछ।शालिकलाई चाँहिदाे हेरचाह, सफा-सुग्घर गरेकाे देख्दिन।शालिक प्रवेशकाे फलामे ढाेका भाँचिएर ढलेकाे महिनाैं बित्याे।त्याे उठाएर ठीक ठाउँ राखेकाे छैन।सायद वेल्डिङ गर्नु पर्ला।

स्व. भीमलाल हिराचन कुनै भगवान हाेइन।उनलाई मरेपछि भगवानकाे दर्जा दिनु पर्छ भन्ने पनि हाेइन। तर, कुरा के भने उनी जिवित हुँदा चाकडी गर्ने धेरै थिए।उनले धेरैलाई गुन लगाएका थिए।जब उनी जिविस सभापति भए त्याे अवधिमा नेकपा एमाले समर्थक जिल्लाका धेरै युवालाई सरकारी जागिर दिलाए।गैरजिल्लाबासी नेकपा एमाले समर्थकका परिवार, साथीभाईलाई समेत रसुवामा जागिर दिलाए।उनकाे सहयाेग र सिफारिसमा जिल्लामा जागिर खाँदै गरेकाहरुले पनि याे शालिककाे बिजाेग देख्नु पर्ने हाे।जागिर भैहाल्याे।मान्छे मरेर गए।अब कसलाई किन सम्झनु? भनेर अाँखा चिम्लिएर हिँड्नेले त कसरी देखाेस् ?

भिमलाल हिराचनले रसुवामा नेकपा एमालेलाई बलियाे बनाएका हुन्।कर्मचारीतन्त्रलाई खुसी पारेर युवाहरुलाई काम दिलाउन उनी माहिर ठहरिए।कार्यकर्तालाई संरक्षण दिने काममा उनी  सिपालु थिए।शुरुमा अार्थिक अवस्था  मजबुत नभए पनि जिविस सभापति भएपछि चिलिमे जलविद्युत अायाेजनाकाे ठेक्कापट्टाबाट सम्पति पनि निकै कमाए।

भनिन्छ उनी १८ गाविसकाे प्रत्येककाे घरअाँगन पुगेका नेता हुन्।उनलाई नचिन्ने बालबृद्द, युवा काेही थिएन।थाकखाेलामा जन्मी बाबुअामासंग सानाेमै रसुवाकाे धुन्चेमा अाई यहीँ हुर्की धुन्चेकै चेलीसंग विवाह गरेकाले तमाङ भाषा समेत राम्ररी बाेल्ने उनलाई जिल्लाकै चतुर नेताकाे रुपमा लिने गरिन्छ। राजा ज्ञानेन्द्रकाे शासनकालमा उनी टीके जिविस सभापति पनि भए। टीके सभापतिकाे कार्यकालमा उनलाई तत्कालिन विद्राेही नेकपा माअाेवादीले अपहरण गरेर यार्सा र सरमथलीकाे सिमानामा पर्ने खाेलामा लगेर मारियाे। यसरी एक चतुर नेताकाे अकालमा मृत्यु भयाे।उनकाे मृत्युले धेरै कार्यकर्ताहरु राेए।एकप्रकारले जिल्ला नै स्तब्ध हुन पुगेकाे थियाे।

उनी टीके सभापति भए पनि नेकपा एमालेले उनलाई मरणाेप्रान्त सम्मान दियाे।अाज नेकपा एमाले जिल्लामा जुन स्थानमा छ त्याे प्राप्तिकाे लागि उनकाे ठूलाे याेगदान छ।यस्तै भन्छन् नेकपा एमालेका कार्यकर्ताहरु।

उनी त मरेर गए।कार्यकर्ता जिउँदै छन्।अाज उनकाे शालिककाे याे अवस्था प्रति किन मन दुख्दैन कसैकाे? बरु त्याे शालिक निर्माण नगरेकाे भए हुन्थ्याे नि।बनाइसकेपछि समयसमयमा सफा, सुग्घर गर्ने, फूलमाला चढाउने यति मात्र गरे पनि उनकाे अात्माले शान्ति मिल्थ्याे।
म उनकाे कार्यकर्ता हाेइन।तर जब म धुन्चे बजारबाट उकालाे चढ्छु, एकछिन याे शालिकतिर जहिल्यै अाँखा पुग्छ।उनलाई सम्झन्छु।उनी जिँउदाे हुँदा अघिपछि लस्करै कार्यककर्ताहरु हुन्थे।अाज शालिक एक्लाे छ।उनकाे झाेला बाेकिदिने हातहरुले त्याे भत्केकाे शालिक प्रवेशकाे ढाेका बनाएनन्। वरिपरिका फाेहाेर उठाएर फालेनन्।निर्जिव शालिक चुपचाप छ।म पनि चुपचाप उकालाे चढ्छु।अाेरालाे झर्छु।

Comments

comments