बलात्कार घटनाका आरोपितलाई १८ वर्ष कैद फैसला

१२ वर्षिया बालिकालाई बलात्कार गरेको घटनाको आरोपमा पूर्पक्ष थुनामा रहेका विदुर नगरपालिका–९ का २२ वर्षिय रमेश राई र ६४ वर्षिय संसद भन्ने कान्छो राईलाई जिल्ला अदालतले कैद फैसला गरेको छ ।

जिल्ला न्यायधिश उमेशप्रसाद लुईटेलको इजलासले माघ २१ गते रमेश राईलाई १८ वर्ष र कान्छो राईलाई दुई वर्ष कैद फैसला गरेको जिल्ला अदालतले जनाएको छ । बालिकालाई २०७५ चैत २० गते बलात्कार गरेको भनि मुद्दा दायर भएको जिल्ला अदालत नुवाकोटका श्रेस्तेदार शिवप्रसाद बन्जाराले बताउनुभयो । श्रेस्तेदार बन्जराका अनुसार मुद्दा जिल्ला अदालतमा २०७६ वैशाख १२ गते दायर भएको थियो । आरोपितहरूलाई २०७५ चैत २० गते नै गिरफ्तार गरिएको थियो । पीडितको स्वास्थ्य परीक्षण त्रिशुली जिल्ला अस्पतालमा चैत २० गते नै गरिएको थियो ।

Comments

comments