बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गोसाँइकुण्ड गाउँपालिका–५ का ३६ वर्षीय छोवाङ नाम्ग्याल घलेलाई प्रहरीले वैशाख २४ गते गिरफ्तार गरेको छ ।

आरोपितले वैशाख २३ गते राति घरमा सुतिरहेको अवस्थामा पीडितलाई बलात्कार प्रयास गरेको भन्दै वैशाख २४ गते उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी इन्द्र सुवेदीले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल रसुवामा वैशाख २५ गते गरिएको प्रहरीले जनाएको छ ।

आरोपितलाई करणी सम्बन्धी कसुरमा अदालतबाट १५ दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

Comments

comments