बस्ती स्थानान्तरण बारे छलफल

Haku IDP

रसुवा । आमाछोदिङमो गाउँ पालिकाको सानो हाकुका १ सय १४ परिवार स्थानान्तरण गर्ने बारे छलफल भएको छ ।
आमाछोदिङमो गाउँ पालिका अध्यक्ष बुचुङ तामाङको उपस्थितीमा भएको छलफलमा जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने सरकारको नीति अनुरुप सानो हाकुका १ सय १४ घर परिवार जोखिम युक्त स्थानमा रहेको भौगर्भिक अध्ययनबाट देखिएकोले हाकु बेशी र सानो हाकु बीचको पाङलिङमा सार्ने छलफल गरी निर्णय समेत भएको अध्यक्ष तामाङले बताउनुभयो ।

लाभग्राहीहरुसँग छलफल गरी जग्गा खरिद गर्न जग्गावालासँग संझौता समेत भएकोले अब छिट्टै आवास निर्माण थालनी हुने आमाछोदिङमो गाउँ पालिका १ का बडा अध्यक्ष निमा डिण्डुप तामाङले बताउनुभयो । उहाँले बिकट हाकु गाउँमा ओएम नेपालले ढुवानी स्वरुप ५० हजार सहयोग गर्ने बताए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नीतिगत रुपमा नहुँने भनेर नमाने पछि स्थानीय ढुवानी खर्च पाउनबाट बञ्चित भएको समेत गुनासो गर्नुभयो । अनुगमनका क्रममा आएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कर्मचारी र पदाधिकारीहरुले समेत सहमति दिएपनि पछि दिन नमिल्ने भने पछि समस्या आएको उहाँले बताउनुभयो ।

तस्वीर : स्थानीय शिक्षक सोम तामाङ

Comments

comments